“भारतीय नागरिकलाई नेपाली नागरिकसरह ‘राष्ट्रिय व्यवहार’ गर”-भारत

काठमाडौँ १० कार्तिक
भारतले आफ्ना नागरिकलाई नेपालीसरह ‘राष्ट्रिय व्यवहार’ हुनुपर्ने भन्दै नेपाललाई पुनः दबाब दिएको छ। भारतीय विदेश मन्त्रालयले पन्ध्र दिनअघि परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भारतीय नागरिकलाई नेपाली नागरिकसरह ‘राष्ट्रिय व्यवहार’ गर्ने सम्वन्धमा नेपालको धारणा मागेको खबर आजको अन्नपूर्णमा छापिएको छ।
परराष्ट्रका एक उच्च अधिकारीले नेपालले त्यससम्बधमा तत्काल कुनै निर्णय गर्न नसक्ने जवाफ कूटनीतिक च्यानलबाट भारत सरकारलाई दिइसकको जानकारी दिए ।
यद्दपि नेपाल र भारतबीच बिहीबार नयाँदिल्लीमा हुन लागेको एकदिने विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा उक्त एजेन्डा भारतीय पक्षले उठाउने सम्भावना रहेको ती अधिकारीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया