भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा

काठमाडौं ८ श्रावण

अन्तर्राष्ट्रिय कानुनविपरीत भारतीय पक्षले दसगजानजिकै एकतर्फी रुपमा बनाएको बाँध तथा उच्च सडकका कारढा नेपालका रुपन्देही र कपिलवस्तुको सीमावर्ती भूमि डुबानमा परेको छ । सीमानजिकै भारतले बनाएको बाँध तथा सडकले पानी रोकिँदा नेपालतर्फको हजारौं हेक्टर भूमि जलमग्न भएको हो ।

भारतले सीमा सडक निर्माण योजना अन्तर्गत विगत १५ वर्षदेखि दसगजा नजिकै सडक विस्तार गर्दै सडक उच्च र पक्कि बनाई पानी निकास रोकिँदा डुबानको समस्या आएको डुवान प्रभावित क्षेत्रका स्थानीय मोहम्मद फारुद खाँले गुनासो गरे ।

बाँधेको फाँटक पूर्णरुपमा नखोल्दा सडकमा राखिएका कल्भर्ट सानो र जमिनदेखि चारफुट माथि राख्दा सीमावर्ती हजारौं खेतीयोग्य जीवन डुबानमा पर्दा धान रोपाइँ गर्नबाट बञ्चित भएको नेपाल किसानसंघका केन्द्रीय सदस्य चतुर्भूजमणि त्रिपाठीले जानकारी दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया