भाेकाे पेटले देश सेवा : विदेश पलायन र काेराेनाकाे सन्त्रास

रामनाथ याेगी

सरकारी पेशा सबैकाे पहिलाे राेजाईमा पर्ने गर्छ । सरकारी जागिरे भईयाे भने यसले अाफ्ना सम्पूर्ण आवश्यकता पूरा गर्छ भनेरै सरकारी पेशामा प्रवेश गरेका जाेसुकैलाई अहिले आफनो तलब सुविधाले आफना व्यक्तिगत तथा पारिवारिक आवश्यकता पूरा गर्न धाैधाै हुने गर्छ । कसै-कसैलाई सरकारी पेशा अगाल्नु भनेकाे देशकाे सेवा गर्नु हाे, आफनो तलब सुविधामा कुनै गुनासाे गर्नु हुन्न जस्ताे पनि लाग्छ हाेला तर तलब कुनै भिख हाेईन सेवा गरे वापतकाे  मूल्य हाे त्यसैले कुनैपनि कर्मचारीका आधारभुत आवश्यकता पूरा गर्न सक्ने तलबमान त हुनु पर्याे नि ।

निजामति, स्वास्थ्य, शिक्षा र सुरक्षा निकायमा कार्यरत खासगरी तल्लाे तहका कर्मचारीलाई जिविकाेपार्जन गर्न मुश्किल छ । एउटा तल्लाे तहकाे सरकारी कर्मचारीकाे न राम्राे आफनै घर छ न छाेराछाेरीलाई राम्राे स्कुलमा राम्राे बिषय पढाउन सक्छ उसलाई आफनो दैनिकी जीवन चलाउन त गाह्राे हुन्छ ।

अाफ्नाे घर नभएपछि काेठा भाडामा बस्नै पर्याे । बिहान बेलुका खानैपर्याे ।छाेराछाेरीकाे स्कुल, कलेजकाे फि तिर्नै पर्याे । महिनाकाे तलब महिनामै सिधिन्छ अनि परिवारमा कुनै समस्या आइपर्यो कुनै दुख विरामी भयाे भने कसरी समस्या समाधान गर्नु कसरी औषधी उपचार गर्नु राेग पालेर बस्नु भन्दा अरू उपाय छैन, त्यही भएर सरकारी जागिर प्रति वितृष्णा पैदा हुदैछ ।

सुरक्षा निकायका कर्मचारीकाे दुख अझ धेरै छ । कडा अनुशासनमा बस्नु पर्छ, चाैबिसै घण्टा देशका लागि खटिनु पर्छ  भनेकाे बेला बिदा पाईदैन अरू पेशामा कार्यरत कर्मचारीकाे जस्ताे “पार्ट टाईम” काम समेत गर्न पाउदैन अापत विपतमा २४ सै घण्टा डिउटीमा खटिनु त पर्छ अझ राहत काेषकाे नाममा तलब नै कटाैती भएर अाउछ अनि कसरी आफनो दैनिक जीवन चलाउन सक्छन ।

अनुहारमा आर्थिक अवस्थाकाे कारणले अध्याराे आउनु के राम्राे कुरा हाे ? साथीभाई सँग कहिले काहीँ सँगै बसेर खाँदा, परिवारका सदस्य वा आफुलाई केही सर- सामान किन्दा साथीभाईकाे विवाह, पार्टी र जन्माेत्सवमा केही गिफ्ट  दिनु पर्दा तिनचार पटक साेच्नुपर्ने अवस्था आउँछ ।

बर्षाै बर्ष जागिर भएर अाफ्ना छाेरा छाेरीलाई महङ्गाे शुल्कमा शुलभ हुने सिए डाक्टर पाईलट ईन्जिनियर बनाउन नसके पनि स्वदेशमै भएका कलेज तथा विश्वविद्यालयमा पढाउन सक्ने हैसियत त हुनुपर्याे नि । आर्थिक अवस्थाकै कारणले डिप्रेशनमा जानू पर्ने अवस्था छ ।

आफनो सामान्य जीवन चलाउन नसक्ने तलब भत्ताकै कारण सुरक्षा निकायका बर्षै पिच्छे हजाराै जनाले जागिर छाेड्छन । सुरक्षा निकायकाे ईज्जतिलाे बर्दी त्यागेर छातीमा देशप्रेम बाेकेर खाडिमा ढाेके, पाले र अंगरक्षक भएर बिदेशिनुकाे बाध्यता यही तलब भत्ताकै कारण  हाे । हुन त भाेकाे पेट र चुहिएको छानाेले देशसेवा गर्न सकिदाे रहेनछ  ।

सबैभन्दा तल्लाे स्तरकाे कर्मचारीकाे तलब २१४७० छ । हाम्राे जस्ताे सामान्य सहर बजारमा एउटा व्यक्तिले सामान्य तरिकाले जीवन विताउन कम्तिमा २५,००० चाहिन्छ भने तल्लाे स्तरकाे कर्मचारीले कसरी जीवन चलाउन सक्छ । शिक्षा, स्वास्थ्य र निजामति तर्फका कर्मचारीहरूले पनि विदेशमा राम्राे अवसर पाउने बित्तिकै फाट्टफुट्ट जागिर छाेडिरहेका छन ।

डाक्टर, पाईलट, ईन्जिनियर र सिएहरूलाई झन विदेशमा राम्राे अवसर धेरै आउँछ र नेपालकाे याे दक्ष जनशक्ति पनि विदेश पलायन भएकाे छ । नेपालमै राम्राे सेवा सुविधा भएकाे भए विदेश पलायन किन हुन्थे र ?

आफनो घर परिवारसँग सँगै बसेर देशसेवा गर्ने रहर कस्लाई हुदैन त्यसैले सबैभन्दा तल्लाेस्तरकाे कर्मचारीकाे तलब कम्तिमा ४०,००० र माथिल्लाे स्तरकाे कर्मचारीकाे तलब तल्लाे स्तरकाे कर्मचारीकाे तलबकाे कम्तिमा पाँचगुणा बढी हुनुपर्दछ अहिलेकाे तलबमानलाई आँकलन गर्ने हाे भने तल्लाे र माथिल्लाे स्तरकाे कर्मचारीकाे तलबकाे अन्तर जम्मा तिनगुणा सम्म बढी छ क्षमता अनुसारकाे पारिश्रमिक त हुनुपर्याे नि ।

अहिलेका नयाँ पुस्ताका ब्रिलियन्ट युवाहरू सरकारी पेशा प्रति खासै आर्कषित छैनन । प्रायजसाे विदेशमा राम्राे अवसरकै खाेजिमा छन । अवसर पाएका ब्रिलियन्ट युवाहरू काेही उच्च शिक्षाकाे लागि त काेहि राेजगारकाे लागि अमेरिका, अष्ट्रेलिया, जापान जस्ता देशहरूमा पलायन भईसकेका छन । शिक्षा, स्वास्थ्य, निजामति र सुरक्षा निकायले ब्रिलियन्ट युवा कहिले पाउने ?

बल्लतल्ल पास भएर शैक्षिक प्रमाणपत्र पाएका राजनितिक भनसुनमा शिक्षक भएका छन तिनिहरूबाट बिध्यार्थीले के अपेक्षा गर्नु ? सबैलाई भन्न खाेजेकाे हाेईन अपवाद धेरै राम्रा ब्रिलियन्ट शिक्षकहरू पनि हुनुहुन्छ ।

सामाजिक सुशासन कायम राख्नकाे लागि, शिक्षणमा सुधारकाे लागि, राम्राे स्वास्थ्य सेवाकाे लागि, सुरक्षामा अमयनचयन कायम राख्नकाे लागि देशले ब्रिलियन्ट युवा कहिले पाउने ? त्यसैले कर्मचारीहरूकाे तलब, भत्ता र सुविधामा व्यापक सुधार हुन अावश्यक छ । नत्र भने भविष्यमा यसले विकराल समस्या उत्पन्न हुन सक्छ ।

साधरण लेखपढ गरेका युवाहरू पनि देशमा लगानीकाे ग्यारेन्टी नभएकाले देशमै केही नगरी बिदेशिन बाध्य छन । कति अाँट गरेर देशमा केही गर्नुपर्छ भनी कृषि पेशामा लगानी गरेका टाट पल्टिएर बिदेश हानिएका छन । न लगानीमा ग्यारेन्टी छ न कुनै अनुदान छ नेपालमा केही गर्ने वातावरण नभएपछि लाखाै युवाहरू विदेशिएका छन । बिदेश पलायन हुनुभएका सम्पूर्ण नेपाली दाजु भाइ दिदी बहिनीहरू रहरले हाेईन अा-अाफ्नाे बाध्यताले पलायन हुनुभएकाे हाे ।

उच्च शिक्षाकाे लागि हाेस वा राेजगारकाे लागि यतिखेर विश्‍वभर रहेका नेपालीहरूमा कोरोनाको सन्त्रास छ । कोरोना भाइरसका कारण विदेशमा रहेका हालसम्म २८ जना नेपालीले ज्यान गुमाइसकेका छन्। विश्‍वका धेरै जसाे देशमा यसको संक्रमण फैलिइसकेकाे छ । अहिले काेराेनाकाे कारणले गर्दा विदेशमा रहेका लाखाै नेपालीहरूलाई सबैभन्दा बढि पीडा छ । कतिले ज्यान गुमाउँदा लाखौँले रोजगारीबाट हात धुने अवस्था आएको छ ।

कतिले काम गरिरहेका छन । कति बेतलबी काेठामै बसिरहेका छन । कति यस्ताे अवस्थामा नेपालीहरू नेपाल फर्कन पाउँ भनी हार गुहार गरिरहेका छन । तर सरकारले अहिले जाे जहाँ जस्ताे अवस्थामा छ त्यही बस्न भनेकाे छ । अहिले उद्वार गर्न नसकिने भनेकाे अवस्थामा दु:खमा परेका नेपालीहरू छटपटिरहेका छन ।  नेपाली दाजु भाइ दिदी बहिनीहरूले पठाएकै रेमिट्यान्सले देश धानेकाे छ । नेपाल सरकारले नेपाली नागरिकहरूबाट लिने मात्रै हाे दु:ख परेकाे बेलामा पनि हेर्नु पर्याे । यतिबेला दु:खमा परेका नेपालीहरूलाई नेपाल फर्काउनकाे लागि उचित पहल चाल्नुपर्छ । दु:खमा परेकाे बेला काम नलाग्ने सरकार कहिले काम लाग्छ ।

हाल: युनाईटेड अरब ईमिरेटस

प्रकासित २०७७–१–९

फेसबुकबाट तपाईको प्रतिक्रिया