भिक्षुको भेषमा लुम्बिनीमा इराकी शरणार्थी !

काठमाडौं, १६ फागुन ।

बौद्ध भिक्षुको आवरणमा भगवान गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर पुगेका इराकी नागरिक प्रहरी सोधपुछपछि फरार भएका छन् ।

आजको कारोबार दैनिकमा खबर छ– तीन साताअघि मायादेवी मन्दिरबाट पक्राउ परेका ती व्यक्तिले सुरुमा आफूलाई भारतीय नागरिक बताएका थिए । उर्दू, हिन्दी र सामान्य अंग्रेजी भाषामा कुरा गर्ने उनले पछि आफू इराकी शरणार्थी भएको बताएका थिए ।

प्रहरीले शरणार्थीको परिचयपत्र देखाउन भन्दा लिएर आउँछु भन्दै प्रहरीबाट उम्किएको लुम्बिनी बिकास कोषमा सूचना अघिकृत खगेन्द्र काफ्लेले जानकारी दिए।

रुपन्देहीको बेलहियास्थित अध्यागमन कार्यालयका अनुसार पछिल्लो चार बर्षयता इराकी नागरिक तथा शरणार्थी यस मार्गबाट प्रवेश गरेको अभिलेख छैन । प्रहरीले अन्तर्राष्ट्रिय बिमानस्थलबाट आएका इराकी नागरिकको पनि अभिलेख अध्ययन गरिने जानकारी दिएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया