भिडियोमै हेर्नुस बैंकर अनिल शाहको महामारीबाट बच्न अपिल

काठमाडौं ३, जेठ २०७८।
नविल बैकका प्रमुख कार्यकारी अधिकत अनिल केशरी शाहले कोरोना भाइरसको महामारीबाट बच्ने दायित्व व्यक्तिको आफैसँग भएको बताएका छन् । उनले सबैले आ–आफ्नो ठाउँबाट महामारीबाट बच्न सहयोग गर्न अपिल समेत गरेका छन् । बैकर शाहले कोरोना भाइरसको दोस्रो लहरका कारण निकै मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा कसैको मुख हेरेर नबसी आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् ।

आफनै युटुब च्यानल मार्फत शाहले सो सन्देश प्रवाह गरेका हुन् । शाहको च्यानलमा सामाजिक जागरण, सचेतना अभिवृृृृृद्धि, उद्यमशीलता अभिवृृृृृद्धि, बैकिङ लगायत विभिन्न विषयमा यस्तै सन्देशमुलक भिडियोहरु हेर्न पाइनेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया