‘भिसा ४५७’मा परिवर्तन गर्दै अष्ट्रेलिया

मेलवर्न ४  मङ्सिर (अष्ट्रेलिया) ।

अष्ट्रेलियाली सरकारले विद्यमान नीति परिवर्तन गर्दै अन्तरराष्ट्रिय कामदार अनुमतिसम्बन्धी कानून ‘भिसा ४५७’ मा परिवर्तन गर्ने भएको छ । यसबाट भारत, नेपाललगायत देशका दक्ष कामदार प्रभावित हुन सक्ने बताइएको छ । हाल विद्यमान कानूनअनुसार कुनै व्यक्तिले आफ्नो काम सकिएको ९० दिनभित्र अष्ट्रेलिया छोडिसक्नु पर्ने हुन्छ ।

तर, अब परिवर्तन हुने कानूनमा यो व्यवस्था परिवर्तन गरी ६० दिनभित्र सो देश छाडिसक्नुपर्ने छ । यो कानून नोभेम्बर १९ देखि लागू हुने अष्ट्रेलियाका इमिग्रेशन मन्त्री पिटर डटनले बताएका छन् ।

अष्ट्रेलियामा यो भिसा शीपयुक्त दक्ष अन्तरराष्ट्रिय कामदारलाई प्रदान गरिन्छ, जसको अवधि ४ वर्षको हुन्छ । यस्तो भिसा त्यस्तो पदपूर्ति गर्नका लागि तयार गरिएको हुन्छ, जुन अष्ट्रेलियाली नागरिकका लागि कठिन हुन्छ । रासस/पीटीआई

फेसबुकबाट तपाईको प्रतिक्रिया