भूकम्पपछि एमाले नेताका सम्पत्ति विवरणसम्बन्धी कागजात हराए !

काठमाडौं १ असोज ।

१२ वैशाखको भूकम्पपछि एमाले नेताहरुको सम्पत्ति विवरणसम्बन्धी महत्वपूर्ण कागजात हराएको पाइएको छ । कागजात हराएपछि एमालेले नयाँ ढाँचामा समपत्ति विवरण अद्यावधिक गर्ने भएको छ । गत वर्ष १२ वैशाख र २९ मा गएको भूकम्पले एमालेको तत्कालीन बल्खुस्थित पार्टी कार्यालय सार्ने क्रममा नेताहरुको सम्पत्ति   विवरणसँग जोडिएका कागजात हराएको केन्द्रीय अनुशासन आयोगले जनाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

केन्द्रीय पदाधिकारी, स्थायी कमिटी र पोलिटव्युरोका नेतासहित एक सय ८४ जना केन्द्रीय सदस्य, एक सय ८२ सांसद, पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरु, पार्टीको सिफरिसमा राजनीतिक नियुक्ति पाएका नेता कार्यकर्ताको कागजात हराएको हो । अब पुनः विवरण माग गरेर कम्प्युटर सिष्टममा सुरक्षित गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया