भूकम्प पीडितलाई गाउँघरमै नागरिकता

काठमाडौं १६ जेष्ठ –

सरकारले घर बनाउन दिने दुई लाख रुपैयाँ लिन नागरिकताको प्रमाणपत्र चाहिने भएपछि जिल्ला प्रशासन कार्यालयले गाउँघरमै पुगेर भूकम्पपीडितलाई नारिकताको प्रमाणपत्र उपलव्ध गराउन थालेको छ । आजको नागरिक दैनिकमा खबर छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भूकम्पपीडित र बृद्धबृद्धालाई लक्षित गरी गाउँगाउँमा एकीकृत घुम्ती सेवा शिविरमार्फत नागरिकतालगायत विभिन्न सेवा उपलब्ध गराउन थालेको छ । सिम्जुङ ९ बालुवा बजारमा शुक्रबार सदरमुकामस्थित सरकारी कार्यालयहरुले सञ्चालन गरेको घुम्ती सेवा शिविरमा सौरपानी–६ का लक्षण्म गुरुङलगायतले नयाँ नागरिकताको प्रमाणपत्र लिए । पुरानो नागरिकता भूकम्पमा घरसँगै नष्ट भएपछि नयाँ बनाउनुपरेको गुरुङले बताए । घर बनाउन दुई लाख रुपैयाँ अनुदान लिन नागरिकताको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया