भूकम्प प्रभावितको १ अर्ब ९५ करोड फिर्ता

काठमाडौं–१३ श्रावण

काभ्रेमा भूकम्प प्रभावितको आवास अनुदानका लागि आएको मध्ये १ अर्ब ९५ करोड ७५ लाख खर्च हुन नसकेर फिर्ता भएको छ ।

समयमै विवरण नभएका कारण रकम फिर्ता भएको जिल्ला विकास समितिले जानकारी दिएको छ । जिल्ला विकास समितिलाई अख्तियारी आएको २ अर्ब १ करोड ३५ लाखमध्ये ५ करोड ६० लाख रकम मात्रै खर्च भएको हो ।

सोही कारण भूकम्प प्रभावितको जिविसमा विवरण बुझाएका सानो वाङ्थली, नाग्रेनार्चे, चौवास, भीमखोरी र वाल्टिङ गाविसलाई रकम पठाउन सकिएको छैन् । आजको कारोबार दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया