भृकुटीमण्डपमा सुरु भयाे ‘काठमाडौँ ट्रेड शो’

काठमाडौँ– ९ पौष

क्रिसमसको अवसरमा बुधबार डेली रोल मिडिया एण्ड इभेन्टले आयोजना गरेको ‘काठमाडौँ ट्रेड शो’ राजधानीको भृकृटीमण्डपमा सुरु भएको छ।

वस्तु तथा सामाग्रीको बृहत प्रर्दशनी मेला पुस १३ गतेसम्म सञ्चालन हुनेछ। मेलामा नेपाल, भारत , चीन, बांगलादेश लगायत एक सय भन्दा बढी स्टलहरु रहेको आयोजकले जनाएको छ।

यस्तै मेलामा नेपालमा उत्पादन भएका हस्तकलाका सामाग्री, कृषिका सामाग्री, नेपाली कपडा लगायतका सामाग्री रहेका छन्।

डेली रोलिङ मिडिया एण्ड इभेन्टका निर्देशक धिरज ढकालले नेपालको व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले व्यापारिक मेलाको आयोजना गरिएको बताए। उनले यस्ता व्यापारिक मेलाले नेपाली बजार र अन्तर्राष्ट्रिय बजारको व्यापारिक सम्बन्ध अगाडी बढाउन सहयोग पुग्नुका साथै नेपाल भ्रमण वर्ष २०२० लाई पनि मद्दत गर्ने बताए।

उनले भने, ‘हामीले एक लाख अवलोकनकर्ताको अपेक्षा गरेको छौँ। मेलामा हामीले नेपालमा उत्पादन भएका सामाग्रीलाई बढी फोकस गरेका छौँ यस्तै कार्यक्रमको अवलोकन गर्दै पर्यटन वर्ष २०२० का सदस्य सचिव बच्चुनारायण श्रेष्ठले यस्ता मेलाले पर्यटन वर्षमा सहयोग पुर्‍याउनुका साथै नेपाली बजार नेपाली बजारलाई विश्वबजारसम्म पुर्‍याउन कच्चा प्रदार्थको सही तरिकाले प्रयोग गरी विश्वबजारको मागलाई पूर्ती गर्न सक्नु पर्ने बताए।

उनले मागसँगै वस्तुको गुणस्तारमा पनि त्यतिकै ध्यान दिन जरुरी रहेको बताए। उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा जाँदा कुनै पनि वस्तुको दुई तीन थानले पुग्दैन। त्यसका लागि बजारको जनघनत्वलाई ध्यान दिएर काम गर्न सके सफल हुन्छौँ।’

उनले अन्तर्राष्ट्रिय बजारको माग र आपूर्ति पूरा गर्न सकिन्छ या सकिँदैन भन्ने कुराको पनि त्यति नै महत्व रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया