भोजपुरमा सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम
काठमाडौ २२ माघ २०८१ । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ । गर्भवती तथा सुत्केरीको पोषणलाई ध्यानमा राख्दै गाउँपालिकाले कुखुरा वितरण गरेको जनाएको छ ।
कार्यक्रमअन्तर्गत पौवादुङमाका छ वटै वडामा रहेका गर्भवती तथा सुत्केरीलाई एक÷एक वटा भाले, दुई वटा पोथी कुखुरा वितरण गर्दै आएको गाउँपालिकाले जनाएको छ । वितरण गरिएको कुखुरा पालेर उनीहरुले आवश्यक रुपमा अण्डा, मासुको रुपमा प्रयोग गर्न सक्नेछन् ।
सुत्केरी, गर्भवती र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गरेर यो कार्यक्रम नियमित रुपमा सञ्चालन गरिरहेको गाउँपालिकाले जनाएको छ ।कार्यक्रमअन्तर्गत वर्षमा एकपटक कुखुरा वितरण गरिने छ । वितरण गरिएको पोथी भने उनीहरुले दुई वर्षसम्म पाल्नुपर्ने नियम छ । गर्भवतीलाई प्रत्येक पटक स्वास्थ्य संस्थामा जाँच गराएवापत एक क्यारेट अण्डासमेत प्रदान गरिरहेको पनि गाउँपालिकाले जनाएको छ । हिजो सोमबार पनि पौवादुङमा पाँच सानोदुम्माका १२ जना गर्भवती तथा सुत्केरीलाई एक÷एक वटा भाले र दुई वटा अण्डा दिने पोथी वितरण गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया