भोलिदेखि मंगलबजारमा ज्वेलरी महोत्सव हुने
काठमाडौं १२ अशोज
भोलिदेखि मंगलबजारमा दसैं–तिहारलाई लक्षित गरी गोल्डेन डायमण्ड एण्ड ज्वेलरी कम्पनीले ‘दसैं–तिहार महोत्सव’ आयोजना गर्ने भएको छ ।
चाडपर्वका अवसरमा नयाँ–नयाँ डिजाइनका गरगहनाहरू एउटै थलोबाट सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको गोल्डेन डायमण्ड एण्ड ज्वेलरी कम्पनी अध्यक्ष ज्ञानुराज शाक्यले जानकारी दिए ।
ललितपुरको मंगलबजारको हखाटोलमा असोज १३ देखि कात्तिक १४ गतेसम्म मेला सञ्चालन हुनेछ । महोत्सवमा सुन तथा हीराका गरगहना खरिद गर्ने ग्राहकलाई छुट तथा गिफ्ट ह्याम्पर प्रदान गरिने अध्यक्ष शाक्यले बताए ।
उनका अनुसार महोत्सवमा ५ देखि ३० प्रतिशतसम्म नगद छुटका साथै प्रत्येक ग्राहकलाई गिफ्ट ह्याम्पर र अन्तिममा एक जनालाई ‘लक्की ड्र’ मार्फत विशेष पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
यस कम्पनीले बिक्री गर्ने डायामण्डका सामग्रीहरू विभिन्न मुलुकबाट सिधै खरिद गरेर ल्याइने हुनाले उच्च गुणस्तरीय हुने अध्यक्ष शाक्यको दाबी छ ।
सो कम्पनीबाट बिक्री हुने सबै गरगहनाको ग्यारेन्टी कार्यसमेत उपलब्ध गराइने, सबै गरगहना हलमार्कअनुसार हुने र ग्राहकले चाहेमा जहिलेसुकै पनि त्यसलाई उचित मूल्यमा फिर्तासमेत गर्न सक्ने छन् । ग्यारेन्टी कार्डअनुसार गरगहना टुटफुट भएमा बिनाशुल्क मर्मत गरिने नीति पनि कम्पनीले लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया