भोलिदेखि सीइडीबी हाइड्रोपावरको आइपिओ निष्काशन हुने
काठमाडौ १६ बैशाख २०७८
सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि ०७८ वैशाख १७ गतेदेखि प्रतिकित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । सो मध्ये कम्पनीले २% अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने छ ।
यस कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रकशन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटृड गरी ३ वटा आयोजनाहरु निमार्ण भइरहेको छ । साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका–०२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ ।
कम्पनीले सन् २००९ मा स्थापना सीइडीबी हाइड्रोपावर लिमिटेडको चालु आ.ब. मा प्रति शेयर आम्दानी १३।०५ र प्रति शेयर खुद सम्पत्ति १३८.७९ रहेको छ । कम्पनीले आ.व. २०७५-०७६ मा १०.५४ प्रतिशत र २०७६-०७७ मा ७.३७ प्रतिशत नगद लाभाँश बितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आ.ब. मा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ । साधारण शेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण शेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।
कम्पनीको साधारण शेयरको निष्काशन तथा बिक्रीको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । प्रतिकित्ता रु १०० अंकित दरको २५,१८,२३० कित्ता साधारण शेयर मिति २०७८ वैशाख १७ गतेदेखि निष्काशन हुने हुँदा इच्छुक लगानीकर्ताले मिति २०७८ वैशाख १७ गतेदेखि सि—आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत अनलाइनबाट साधारण शेयरमा लगानीका लागि आवेदन दिन सक्नेछन् । उक्त सीइडीबीको साधारण शेयर निष्काशन बन्द मिति छिटोमा वैशाख २१ गतेसम्म रहने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया