भोलेबाबाको ताकमा युवतीहरू

बिजनेसपाटी २९ फागुन

‘एक जना महिला बिरामी भएर भोलेबाबा भनिने रामबहादुर चौधरीको घरमा आइन्। राधाजस्तै खचाखच मान्छे भरिएको आँगनमा उनलाई राखेर भोलेबाबा उर्फ रामबहादुरले। त्यसपछि झारफुक सुरु भयो, उनकी ‘पार्वती’ अथवा सुखड गाउँकी स्मारिका चौधरीबाट।

तिम्रो बिहेमा मैले पेन्टी उपहार दिएकी थिएँ, तिमीलाई थाहा छ कि छैन ? हेर त तिम्रो पेन्टी फोहोर भएको छ-स्मारिकाले झारफुक गरेझैं गरेर भनिन्। ती महिलाले लजाउँदै खचाखच मान्छेबीच सलवार खोलिन् र पेन्टी देखाइन्। त्यहाँ भएका सबैले ताली पिटे’, राधामाथि कुटपिट हुनुभन्दा केही दिन अघिको एउटा घटना सुनाउँदै स्थानीय युवती रेनुका बोहराले भनिन्।

रेनुकाले ती महिलामाथि अत्याचार भइरहेको लागे पनि त्यहाँ विरोधमा कसैले केही नबोल्दा चुपचाप सहनु परेको बताइन्। ‘आँगनमा भीडभाड देखे म पनि हेर्न जान्थेँ तर हरेक दिन झारफुकमा २५ वर्ष मुनिका युवती धेरै देखिन्थे’, उनले भनिन्। रामबहादुरलाई नजिकबाट चिन्नेहरूका अनुसार उनी पहिलेदेखि नै युवतीप्रति अत्यधिक आसक्त हुने गर्थे।

‘झारफुक गर्दा बिरामी युवतीले म पार्वती हुँ नभनुन्जेलसम्म रामबहादुरले पिट्थे। पिट्दापिट्दै कुनै युवतीले म पार्वती हँु भनेपछि मात्र उनको उपचार सुरु हुन्थ्यो’, स्थानीय गीता धामीले भनिन्। भोलेबाबा उर्फ रामबहादुरले ती युवतीको उपचार गर्न १५ दिन समय माग्थे। ‘१५ दिन युवती भोलेबाबाको घरमा आइरहनुपर्ने, दैनिक झारफुक गर्नैपर्ने भएकाले उसले युवतीलाई बढी सताउने पुष्टि हुन्छ’, उनले भनिन्।

स्थानीय वीरबहादुर चौधरीका छोरा कंशराजको दुई वर्षअघि कतारमा मृत्यु भयो। विधवा राधा चौधरी पतिवियोगमा थिइन् तर भोलेबाबाले उनलाई कालो बिरालोको रूप धारण गरी कंशराजलाई कतारमै मारेको आरोप लगाउँदै बोक्सी भनेको प्रत्यक्षदर्शीले बताए। ‘एकातिर विदेशमा पतिको मृत्यु भएको छ, यता भोलेबाबाले कालो बिरालो भएर कतारमा पतिलाई खाएको भन्दै बोक्सीको आरोप लगाउँदा राधाको के हालत भयो होला’, एमालेका स्थानीय नेता खेम सापकोटाले भने।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया