भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल अघिल्लो बर्षको तुलनमा एक स्थान तल

काठमाडौँ २९ माघ २०८१ । युरोपेली मुलुक डेनमार्क विश्वकै कम भ्रष्टाचार हुने देश र साउथ सुडान विश्वकै भ्रष्टाचार हुने देशको एक नम्बरमा दर्ज हुँदा नेपाल अघिल्लो बर्षको तुलनमा एक स्थान तल झरेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार विश्वव्यापी रुपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकमा सर्वेक्षण गरिएका १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा परेको हो । नेपालले १०० मा जम्मा ३४ अंक प्राप्त गरेको छ । गत वर्ष नेपालले यस्तो अंक ३५ पाएको थियो ।

ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका महासचिव डा सागरराज शर्माले अनुसार, नेपालमा भ्रष्टाचार प्रमुख समस्या भएको र मुलुकको शासनव्यवस्थाको चुनौती नै रहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया