|
|
२०८२ कार्तिक १४
1.4k views
ललितपुर । मंगलबारदेखि निरन्तर रुपमा पानी परिरहँदा जनजीवन प्रभावित भएको छ । नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका चितवनका अनुसार निरन्तरको वर्षाका कारण उक्त सडकमा पहिरो खसेको हो । पहिरोले बाटो अवरुद्ध भएपछि सवारीसाधन सडकमा रोकिएका छन् ।
बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भइरँदा उच्च हिमाली क्षेत्रमा हिमपात हुनुका साथै विभिन्न स्थानमा पहिरो जाँदा यात्रामा निस्किएका यात्रुहरुलाई कठिनाइ परेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया