“मंगलमान” खण्डकाव्य

–स्वयम्भू शाक्य

मंगलमान खण्डकाव्य नेपाली समाजको ऐना हो । काव्य चेतनाद्वारा क्रान्तिका विगुल फुकेका युगकवि सिद्धिचरण श्रेष्ठले सिद्धित्व प्राप्त गर्नका लागि मंगलमान बनेर आज मुटु भित्र बलेको आगो निभाउन चिसो पानी पिउँदैं छ ।
यो कुरा ध्रुब सत्य हो । मत्स्य न्याय मानव जगतमा लागु हुन सकेन । त्यसैले न्याय, अन्यायका लागि हुनु पर्दछ । कल्याणका लागि हुनु पर्दछ । समस्त प्राणीको हक हितका लागि हुनु पर्दछ भन्ने आवाज उठाउने मंगलमान आज संघाका लागि चिरनिन्द्रामा पुगेकोले न्याय मरेको छ, जनताको विश्वासमा कालो धब्वाले पोतेर माकुरोको जालो फैलिन्दै छ ।
हो, मान्छे–मान्छे बन्न गाह«ो हुन्दो रहेछ । हामीलाई थाहा छ, जीवन कंर्कलाको पानी हो । चुहेको गाग्री जस्तो थोपा थोपामा जीवन सुकेर किन जान्दोरहेछ । थाहा छैन, आखिर मान्छे–मान्छे भएर पनि उच–नीचको किन व्यवहार गर्छ ? किन मानवीय व्यवहार नहुन्दोरहेछ ? यस्तै यस्तै मन भित्र ज्वारभाट चलेको बेला, गगनमा विजुली चम्की मुसलधार पानी परेको बेला सत्य खोज्नै पर्छ । सत्य नाङ्गो हुन्दो रहेछ । आगो र पानी जस्तै, घाम र छायाँ जस्तै, दिन र रात जस्तै, जन्म र मृत्यु जस्तै अटल भएर होला आगोको झिल्कोलाई युगकवि सिद्धिचरण श्रेष्ठले फुकी–फुकी आगो बाल्दै छ । जीउनका लागि जाल–झेल, छल–कपट गर्ने ठालूहरुले मातृभूमिलाई लाखौ पटक ठगेकोमा क्रन्तिको विगुल फुकदै भ्रष्टलाई नष्ट गर्ने लक्ष्मण रेखा कोरेर आज युग कवि भन्दै छन् ।

अपमान पाँए मैले मान तिम्रो–राख्न
नाङ्गो भई हिँड्नु प¥यो आङ्ग तिम्रो ढाक्न
८ ८
मैले त्यसै बस्न हुन्न सत्य खोल्नैपर्छ
भविष्यको लागि मैले केही बोल्नैपर्छ ।
बोल–बोल मेरो कवि सत्य के हो बोल
फुकी फुकी आगो पार विर्सौनीको गोल ।
८ ८
मंगलमान मर्नु आज न्याय–निसाफ मर्नु
जनताको विश्वासमा कालो धब्वा पर्नु ।
८ ८
जिउन यहाँ चाहन्छौ त पशु जस्तै बाँच
वरपर हेर्न हुन्न अँध्यारो नै साँच ।
८ ८
“माछो–माछो भ्यागुतो” भो यत्न भयो व्यर्थ
देश मात्र ठगिँदै गो लाखाँै लाखौँ पल्ट ।

यस्तै यस्तै सोचेर भञ्ज्याङ्गको माझ काठमाडौंमा युगकवि सिद्धिचरण श्रेष्ठ हराईरहेको बेला तेतीस कोटी देवता साक्षी राखेर जीवनको गोरेटोमा पानीको तिर्खा मेटाउन युगले कोल्टो फेरे पनि एक मुठ्ठी चामलका लागि हामी वाँच्दँैछौं ।
हो, आशाले पलाएको यो जीवनमा मरुभूमिमा एक थोपा पानीको खोजीमा हामी हिडिँरहेका बेला सूर्य अस्ताएर रात परे जस्तै भोलिको प्रतिक्षामा बीच बाटोमा भय, त्रास र अन्यायको आतंक मच्याउँदैं यहाँका ठालूहरुले देश खोक्रो पारे पनि हामी नेपालीहरु चाड पर्व मेलामा दुःख कष्टका भारी बिसाएर नदी झै निर्मल भई हाँसी खुशी दुई दिनको जीवन बिताउन चाहन्छन् ।
हुन सक्छ, मंगलमानको जन्म साउनको झरीमा भएर होला ऊ भाग्यमानी छ, मंगल छ । त्यसैले सबैको कल्याणका लागि दियो बनेर आफू अध्यारोमै बस्न रुचाउँदोरहेछ ।
इतिहास साक्षी छ, नब्वे सालको विनासकारी महाभूकम्पले थिचिएर हामी नेपालीहरु खुल्ला आकाशमा गाँस र बाँस विना पत्रै चहान झै दुखंै दुखमा अल्झेर खाँचै खाँचोको पहाड माथि चडेर अनन्त यात्रा गदंैछ । त्यसैले कवि लेख्छन्

युगले कोल्टो फेप्यो छैन केही थाहा
एक पेट भर्नुभन्दा अर्को छैन चाहा ।
कस्तो कस्तो देश भयो छैन गुदी भित्र
ब्रोका मात्र छरिएका यहाँ यत्रतन्त्र ।
८ ८
भय, त्रास अन्यायको मुर्दा शान्ति ओडी
अमन चैन भन्ने गर्छन् न्याय तर्पm छाडी ।
८ ८
खाँचो खाँचो सबैतिर अब खाँचै टार्ने साँचो
खाँचोले नै पत्ता लाग्छ खाँचो टार्ने साँचो ।
खाँचोसंग लड्दै भिड्दै खाँचोलाई टार्नु
वुद्धि विवेक पु¥याउनु आपतलाई सार्नु ।

हो, डुब्ने मान्छेलाई सहाराको आवश्यकता पर्दछ । तर किन पापी मन लोभ लालचमा बाँच्न चाहन्छ ? त्यसैले आत्माले मनको कुरालाई बुझ्नु पर्दछ । मंगलमान, आफनो मुटु छिया छिया पारेर नदीको दुई किनार जस्तै बालुवामा पानी हाले झै साउनको झरीमा पनि पहलमानको अखडामा कुस्ती खेल्न जान्दो रहेछ ।
हामीलाई थाहा छ, जसको शक्ति उसैको भक्ति भने झै निर्धोलाई सबैले हे¥दोरहेछ । ओरालो लागेको मृग जस्तै, पहिरो लागेको पहाड जस्तै, यस्तै यस्तै धनी र गरिवको कथा, संघर्षको गाथा बनेर समाजमा न्यायका लागि, उज्यालोका लागि, साँच्यै मान्छे–मान्छे भएर बाँच्नका लागि एक अञ्जुली विष पिएर मेरो देशको समृद्धि र विकासका लागि आत्माले मृत्युलाई माग गदै प्रजातन्त्र ल्याउन शहीद बनेका ती अमर आत्मालाई हामी नेपालीहरुको कोटी कोटी प्रणाम गदै युगकवि सिद्धिचरण श्रेष्ठ आँशुको व्यथा पोख्छन्

अन्याय र शोषणको जगजगी छ यहाँ
न्याय धर्म भन्नुचाहिँ पुगे कहाँ कहाँ ।
८ ८
जे जस्तो होस् बोल्नु हुन्न सही बस्नैपर्छ
समाजको रित यस्तो जगै फेर्नुपर्छ ।
८ ८
सन्तानब्बे साल आयो ल्यायो माघ मैन्हा
प्रजातन्त्र ल्याउनलाई चार ज्यान बैना ।
धर्मभक्त, शुकराज रुखमाथि फल्छन्
गंगा, दशरथ पनि तातो गोली खान्छन् ।

यसरी समाजमा व्याप्त अन्यायका कथाहरुलाई हामी किन न्यायको नाममा पुकार्न खोज्छांै ? हो, बाँच्नुको अर्थ पटक पटक मर्नु होइन । मरेर पनि बाँच्न सकिन्दोरहेछ भन्ने मंगलमान आगोको मुस्लो बनेर समाजको जग बनाउन डकर्मी बनेको बेला ऊ राष्ट्रघाती र देशदोही बन्छ । समाज बनाउने समाज विरोधी बन्छ । परन्तु आकाश खसेर मंगलमान पुरेको बेला, मेघ गज्रेर गगन रोएको बेला, नदीको किनारामा आमाको लाश जलेको बेला मन थाम्न गा¥ह«ो हुन्दोरहेछ । मनमा आँधीवेरी चल्दोरहेछ । दैवको सहारामा दैव नैं पराई बनेपछि बाँच्नुको अर्थ आँशु बाहेक अरु के पो हुन सक्छ । त्यसैले मान्छेको शरीर पिजराको सुँगा जस्तै आत्मा उडे पछि आखिर माटो पो बन्दो रहेछ ।
हुन सक्छ, मंगलमानको व्यथा आमाले नबुझरे होला, एक अञ्जुली पानी आमाले नपिउँदाको व्यथा, छोरो हुनुको अर्थ सँघाका लागि आमाको नाता सम्झनामा सीमित भएको बेला मंगलमान आज छिया छिया भएर मुर्छा परेकोले होला युगकवि सिद्धिचरण श्रेष्ठ नदीको किनारामा बसेर आँशुका थोपा संगै पानी बनेर बग्न खोज्छ

घरभरि रुवाबासी देख्नसुन्न गाह«ो
दैव ! तेरो छाती रे छ ढुङ्गा भन्दा साह«ो ।
८ ८
प्राणसुगा फर्किआऊ पिंजरा भो खाली
यो अभागी छोरासंग बोल एक पालि ।
८ ८
संसारमा अब हाम्रो कहीं भेट हुन्न
आमा ! भन्न नपाउँदा मन हुन्छ खिन्न ।
नाता हाम्रो टुट्यो सबै आमा कहाँ–कहाँ
सुनसान सुनसान देख्छु जहाँतहाँ
८ ८
अन्यायको विरोध नैं आमाको हो सेवा
आफूलाई जन्म दिने देशलाई टेवा ।
अन्यायको सके जति विरोध म गर्छु
नेपाल हुन् आमा मेरी यिनकै सेवा गर्छु ।

आज मंगलमान जेल जीवन विताइ रहेको छ । अध्यारोमा उज्यालोको किरण पाउन मनको दियो बालेर शिक्षाको टुकी खोज्दै छ । पहाड जस्तो अटल विश्वास बोकी देशको शान्ति र समग्र विकासका लागि, हक र अधिकारको स्थायित्वका लागि आन्दोलन आवश्यक छ । क्रान्तिको इतिहास हाम्रो सामु छ । त्यसैले मंगलमान ठूलो कुसीका लागि होइन समानताको लागि, स्वतन्त्रताका लागि, न्याय प्राप्तीका लागि आगो पिउन तिर्खाएको छ ।

जेलजीवन कष्टदायी मान्छे निसासिन्छ
एकान्तको घोत्ल्याइँले शिक्षा पनि दिन्छ ।
८ ८
हक आफनो खुशीसाथ हुन्दैन है प्राप्ति
गर्नुपर्छ जनताले आन्दोलन क्रान्ति ।
आन्दोलन क्रान्तिबाटै मिल्छ अधिकार
इतिहास सारा गर्छन् यै कुरा स्वीकार ।

भनिन्छ, नेपाल काण्डै काण्डको देश हो । त्यसैले यहाँ खुर्सानी काण्ड देखि जात भात काण्ड सम्म हुन्दो रहेछ । सानो र ठूलोमा समानताको व्यवहार नहुन्दोरहेछ । समाजमा बलेको आगो मात्र तापेर आत्मा शुद्धिकरणका नाममा सुनपानी छर्कनु वाहेक छुत अछुतको खाण्डलमा न माटोले पु¥र्यो न माया ममताले नैं भर्यो । त्यसैले मंगलमान समाज भन्दा अलिपर गएर अछुत बाल बच्चाहरुलाई शिक्षा दिनका लागि स्कूल खोलेर जनसेवा गदैछन् ।
हो, हामीलाई त्यस्तो समाजको आवश्यकता छ, जहाँ हामी नेपालीहरु रातो रगतको सम्बन्धले मन, वचन र कर्मले मातृभूमिलाई सेवा गर्न सकुन् । त्यसैले कविवर भन्छन्

मानिसले विर्सिसक्यो आफनो शुद्ध रुप
थिचोमिचो गर्नमा नैं सिपालु छ खुब ।
८ ८
पानी छिटो हाल्नु पर्छ यौटालाई छोई
यौटा सामु झुक्नुपर्छ ख्वामित भन्दै नुही ।
कस्तो–कस्तो चलन यो यस्तो हुन्नहुन्न
मान्छे सबै बराबर सानोठूलो हुन्न ।

मंगलमानको अर्को नाम संघर्ष हो । त्यसैले जनताको भोक, ¥यास मेटाउन हरेक आन्दोलनमा मंगलमानको आवश्यकता छ । हो, मान्छे स्वार्थी बन्न सक्छ, तर विवेकलाई नासो राखेर मान्छे पशु बनेको बेला मान्छेको मूल्य के पो हुन सक्छ ? त्यसैले मंगलमान सबैको भप्याङ्ग बनेर संघर्षको मैदानमा आन्दोलनकारीहरु सबैलाई वचाएर ऊ एकलै हिडेको बेला मान्छेहरु भन्न थाल्छन् व्याक टु मंगलमान । त्यसैले युगकवि लेख्छन्

जनताको भोक ¥यास नाराभित्र पारी
मान्छेहरु जम्मा गर्न नामूद ऊ भारी ।
ऊ नैं थियो जुलुसको शान, मान, ठिक्का
ऊ विनाको जुलुसको त्यो हुन्थ्यो ज्यादै फिक्का ।
८ ८
धेरै पल्ट यस्तै भई बन्यो एक उखान
भन्नथाले मान्छेहरु “व्याक टु मंगलमान”
थुक्क पशु ! घाँस खा जा ! छैन तँलाई लाज !
तै जस्ताले बनाएर बन्दैन समाज ।

मंगलमान आज विरामी छ । अशक्त भएर हिड्न नसकेको बेला उसलाई आज हेर विचारको आवश्यकता छ । संघर्षका प्रतिक चेतनाका ज्वाला मंगलमान जननेता भए पनि ऊ एक्लो भएको बेला समाजबाट विस्थापित एउटा चोरले आफनै घरमा चोर्न आएको बेला मंगलमान सहर्ष बोलाउन्छ । आकाश जस्तो ठूलो दिल बनाएर भोक, प्यास र सञ्चो विसञ्चोको शिस्ताचार खोज्छ । आखिर मन नैं हो । मन पग्ले पछि पानी बन्न सक्छ । पानी सुक्न सक्छ । पानी बग्न सक्छ । पानीले आफनो सतह आफै मिलाउन्छ । त्यसैले भनिन्छ पानी आत्मा हो । पानी जीवन हो । पानी विना संसारै अध्यारो छ । चोर साधु बनेपछि ओखतीको मूल पाए पछि मंगलमान आज निरोगी भई फुर्तिलो भएको छ । त्यसैले युगकवि लेख्छन्

जेल भित्र चिनिएको मिलन सार भित्र
चोर भई पस्यो आज उसकै घरभित्र ।
“आऊ–आऊ मेरो भित्र” ! मंगलमान बोल्यो
कहाँ चोर, कहाँ साथी ठूलो छाती खोल्यो ।
“कैले आयौ जेलबाट सन्चै छौं कि कसो !
भोक, प्यास, अत्यासले पाएनौ कि मेसो ?”
चोर भन्छ नम्र बनी “आएँ चोर्नलाई
तिम्रो घर यो हो भन्ने के थाहा मलाई”
८ ८
विरामी छु हेर साथी ! कोही छैन घरमा
औषधि लौ ल्याइदेऊ किनेर बजारमा ।
बजारमा चोर गई औखती त्यो ल्यायो
रोग निको नभइन्जेल सेवा उन्ले पायो ।

आज मंगलमानको मन खिन्न छ । टेक्ने ठाउँ भाँसे पछि देशमा जसको शक्ति उसकै भक्ती हुन थालेको छ । विग्रेको घर भत्कन थाले पछि मर्मतको के खाँचो छ र ? एउटाको शक्ति अर्काले खोसे पछि प्रजातन्त्र खाडलमा पुर्दैंछ । अधिकारको के कुरा देशमा कालो बादल मडारे पछि आकाश खसेर धरती चकनाचुर हुन लागे पछि विकास कहाँ हुन सक्छ ? विनासको बाटोमा विकासको अर्थ के हुन्न सक्छ ? त्यसैले विग्रेको मान्छेको भत्केको घर भने झंै उभो लाग्ने बाटो नभए पछि ओरालो बाहेक सिर्जनाको तिर्खा कहाँ मेट्न सक्छ ? त्यसैले होला मंगलमान नदीको किनार जस्तै छिया बनेर उँभो लाग्ने बाटो खोज्दैछ

उँभो लाग्ने बाटो खोइ ! उँभो लाग्ने बाटो !
तालमेल नमिलेर प्रगतिमा फाटो ।
उँही सिसी उँही भाँडो रङ्ग मात्र भिन्न
दोहोरिन्छ साविक नैं नौलो केही हुन्न ।

मंगलमान रविको किरण हो । किरण भित्र उज्यालो छ, न्याय छ, समानता छ । कसैलाई भेदभाव छैन । जनताको नासो जनताले मागे पछि राजाले पनि फिर्ता दिनु पर्छ । यो स्वाशत नियम हो । नियम आफैमा हात खुट्टा बाँड्ने डोरी हो । अन्यायको विरुद्ध न्यायको नारा हो । नारा मंगलमानलाई मात्र होइन् जनतालाई पनि लागू हुने कुरा हो । त्यसैले मंगलमान तालमेलको कुरा गर्छ । योजनाको कुरा गर्छ । संघर्षका कुरा गर्छ । समस्त हक, अधिकार र कर्तव्यको कुरा गर्छ । सामन्ती प्रथाको विरोधमा, अन्याय अत्याचारको विरोधमा मंगलमान हिड्दा हिड्दैं ऊ आज एक्लो छ । किनकि मान्छे स्वास्र्थी छ । स्वास्र्थी भित्र दया माया नहुन्दोरहेछ । रगतको नाता पराई भए पछि यहाँ आफ्न्तोहरुको अर्थ नैं के हुन्छ र ? त्यसैले मंगलमान हिड्दा हिड्दै थाकेको बेला न यता न उता कता कता अनन्त यात्रामा सहारा बिना हराएको बेला एक थोपा आँशु समुद्रमा बिलाएर होला रुन मन लाग्छ चिच्याएर सोध्न मन लाग्छ दैव, प्रकृतिको नियम यस्तै हो र ?

जनताको हक नासो राजामाथि हुन्छ
जनताले मागेपछि फिर्ता दिनु पर्छ ।
८ ८
दैव ! तैँले कस्तो गरिस् पर्नु प¥यो पीर
मेरो प्यारो छोरा म¥यो छातीमा छ झीर ।
८ ८
जनमभर गरँे मैले देव–देवी पुजा
तर आज किन मेरो छाती धूजाधूजा ।
८ ८
चितामाथि मंगलमान हुरुहुरु बल्यो
खरानी भै उसको देह धरतीमै गल्यो ।

मंगलमान आज यो धरतीबाट हराई सकेको छ । केवल सम्झनामा एका देशको कथा जस्तै कथा भित्रको पात्रमा जिउँदो छ । थाहा छैन, मंगलमान खरानी भएर पञ्चतत्वमा विलिन भएको बेला गगन रोएको थियो रे । नदीनाला स्तब्ध भएर एक छिन निदाएका थिए रे । वायु पागल बनेर हावाहुरी चलेको थियो रे । त्यसैले मंगलमान सँघाका लागि मंगलै बनेर मंगलको बाटोमा कहिले पछाडी नर्फकी ऊ एकलै हिडिरहेको छ । अस्तु ।

प्रकाशित मिति २०७४-२-१५

फेसबुकबाट तपाईको प्रतिक्रिया