२०८२ फाल्गुन ६ | Feb 18, 2026

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्छौ, दुर्गा प्रसाईं

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १२
|
918 views

ललितपुर । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आगामी मंसीर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले आन्दोलनका बारेमा राष्ट्रिय मानवअधिकार आयोगलाई समेत अवगत गराइसकेको जानकारी दिएका छन् । आज मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग छलफल गरेपछि प्रसाईंले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आगामी मंसीर ७ गतेदेखि देशभर आन्दोलन गर्ने बताएका हुन्।

प्रसाईंले आन्दोलनका क्रममा कसैले बन्द उल्लंघन गरे, तोडफोड वा आगजनी भए त्यसको जिम्मेवारी अभियानले नलिने समेत बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया