मकवानपुरको रजैयामा सिटिजनको एक्सटेन्शन काउन्टर

काठमाडौं ५ चैत्र
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका अन्तर्गत ९ रजैयामा एक्सटेनसन काउन्टरको स्थापना गरेको छ । उक्त एक्सटेनसन काउन्टरको आरम्भ समारोहमा उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । बैंकले यस अघि नै मकवानपुरको हेटौंडा तथा मनहरी गरेर दुई स्थानमा आफ्ना शाखा कार्यालयहरु स्थापना गरिसकेको छ । उक्त रजैया एक्सटेनसन काउन्टरबाट यस बैंकले उक्त क्षेत्रका ग्राहकहरुलाई बैंकले नगद जम्मा तथा भुक्तानी गर्ने, रेमिटेन्स भुक्तानी गर्ने तथा पठाउने, चेक क्लियरिङ गर्ने, ए.बि.बि.एस. सुविधा लगायत विभिन्न बैंकिङ्ग सेवाहरु उपलब्ध प्रतिवद्धता गर्दै आएको छ ।
“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ्ग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथ–साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको विज्ञाप्तिमा जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया