मजा लुट्नुस “इन्टरनेटमा” (भिडियो सहित )

बिजनेसपाटी १० फगुन ।

शिव दर्शन फिल्मस् प्रालिले अर्को एउटा धमाकेदार गीत सार्बजनिक गरेको छ ।  बिशेष गरेर युवाबर्ग लक्षित दिपक थापाको  ” इन्टरनेटमा “ बोलको गीत बजारमा आएको हो । संधै भेट हुन्थ्यो सानु हामी इन्टरनेटमा …. कति हर्षित कति खुसि हुन्थ्यौं हामी … पहिलो पहिलो त्यो रमाइलो भेटमा …. समयको चालसंगै मानिसहरुको जिबनी चालहरु पनि परिवर्तन भएको छ त्यसैले यहि समयको चालसंगै गीत संगीतमा पनि परिवर्तन आउनु जरुरी छ  ।  इन्टरनेटको जमानाले बिश्व नै गाउ भैसकेको अहिले अवस्थामा गीत संगीतको माध्यमबाट त्यहि पुरानो जमानामा खुम्चिएर रहंदा कलाकारहरुले संगीत पारखी श्रोता तथा दर्शकहरु नयाँ-नयाँ संगीतको स्वाद लिने चाहनामाथि हमला हुन्छ । सोहि भएर यस गीतका प्रस्तुतकर्ता एवम् रचनाकार दिपक थापा धेरै युवापुस्ताको स्याबासीका पत्र हुन सक्दछन् । प्रस्तुत गीतमा बहुचर्चित गायक रामचन्द्र काफ्लेको र साथमा मनकुमारी सुनारको पनि सुमधुर आवाज रहेको छ । यस गीतमा शब्द दिपक थापा र संगीत मनकुमारी सुनारको रहेको छ । गीतको कथावस्तु अनुसार नै यस गीतको म्युजिक भिडियोलाई पनि निकै आकर्षक बनाउन खोजिएको छ । भिडियोमा अभिनय शुभम थापा र रिचाको रहेको छ भने निर्देशन दिलिप थापा र गायत्री थापाको रहेको छ । शिब दर्शन फिल्म्स प्रालिले निर्माण गरेको म्युजिक भिडियोलाई छायांकन राहुल राई र सम्पादन प्रविन रेशमी मगरले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

फेसबुकबाट तपाईको प्रतिक्रिया