मणी थापा नेत्रित्वको पुर्व–क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट को–को भए पोलिटब्युरो ? (नामावली सहित)

काठमाडौँ २२ जेष्ठ
बिजनेसपाटी सम्बाददाता
१० पार्टी एकिकरणबाट बनेको नेकपा माओवादी केन्द्रमा मणी थापा नेत्रित्वको पुर्व क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट ७ जना पोलिटब्यूरो चयन भएका छन । पार्टी एकिकरण प्रक्रियामा महत्वपूर्ण भुमिका खेलेका नेता मणि थापा पक्षबाट नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्यमा चयन हुनेहरुमा मणि थापा, टिका विक्रम हमाल, रक्तिम लामा, प्रकास गौतम‘आदित्य’, भक्त रसाइली, शंकर राइ र गोविन्द राई रहेका छन ।aaditya

पोलिटब्युरो चयनमा ब्यक्तिको क्षमता, पार्टीमा योगदान र पृष्ठभुमीलाई आधार बनाइएको नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मणि थापाले बताए । माओवादी केन्द्रले एकीकरण प्रक्रियाबाट ११ सय जना महाधिवेशन आयोजक समिति सदश्य चयन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया