मदन पुरस्कारका लागि सात श्रेष्ठ पुस्तकको नाम सार्वजनिक

बिजनेसपाटी सम्बाददाता

काठमाडौँ २१ असार

यस वर्षको मदन पुरस्कारका लागि मदन पुरस्कार गुठीले सातवटा श्रेष्ठ पुस्तकको सूची सार्वजनिक गरेको छ ।

२०७२ सालदेखि मदन पुरस्कारका लागि प्राप्त भएका पुस्तकहरू मध्येबाट प्रारम्भिक छनौट गरी ‘श्रेष्ठ सूची’ तयार गरी सार्वजनिक गर्ने नीति-नियम गुठीले बनाएको हो।

गुठीका सदस्य सचिव कुन्द दीक्षितले जारी गरेको विज्ञप्ति अनुसार यिनै पुस्तकहरू मध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई २०७२ सालको मदन पुरस्कार प्रदान गरिनेछ।

मदन पुरस्कार गुठीबाट घोषणा गरिएका श्रेष्ठ सात पुस्तकहरूको सूची यस प्रकार छन् :

१. आमोई – भुवनहरी सिग्देल
२. ऐना – रामलाल जोशी
३. चीरहरण – नीलम कार्की निहारिका
४. निर्वाण – घनश्याम खड्का
५. प्रश्नहरुको कारखाना – सरिता तिवारी
६. फिरफिरे – बुद्धिसागर
७. सिमानाका रङ्ग सिमानाको तरङ्ग – दामोदर पुडासैनी ‘किशोर’

– See more at: http://bizpati.com/archives/45512.html#sthash.pesWiYur.dpuf

फेसबुकबाट तपाईको प्रतिक्रिया