मधेशीहरुको आन्दोलनलाइ जनमुखी आन्दोलनको रुपमा सम्बोधन गर्न चाहन्छौ–मणी थापा

मणी थापा
नेता, नेकपा माओवादी केन्द्र ( हेडक्वाटर सद्स्य )

१) तपाइको क्रान्तिकारी पार्टी एकिकरण भएर नेकपा माओवादी केन्द्रमा मिस्सिएको छ । अब यो माओवादी केन्द्र चाँही कसरी अघि बढ्छ ?

अब अहिले माओबादी केन्द्र बनेको छ । केन्द्र बन्नुको पछाडी माओवादी जनयुद्ध र जनआन्दोलन–२ ले गणतन्त्र, धर्मनिरपेक्षता, संघियता, समानुपातीक र समाबेशीको जुन मुद्धा उठाएको थियो । त्यो मुद्धा माओबादी आन्दोलन बिस्तारै कमजोर हुदै जाँदा बिचलन र टुट–फुट हुदै यथास्थितीबादी शक्तिको हातमा आएर अन्तत जनयुद्ध र जनआन्दोलनले ल्याएको परिवर्तन नै कुठराघात हुने अबस्था आएकाले माओवादी आन्दोलनको धु्रबिकरण र एकताकोे आवश्यकता प¥र्यो । यो मुमेन्ट नेपालको बामपन्थी आन्दोलनको एउटा केन्द्रको रुपमा नेपालको बर्गिय, क्षेत्रिय, जातीय आन्दोलनको एउटा संयुक्त मोर्चाको रुपमा र नेपालको पछौटे गरिबी, उत्पीडनबाट मुक्तिको एउटा उन्नतीको मुमेन्टको रुपमा हामीले यो आन्दोलनलाई साकेतिक गर्ने उदेश्य राखेका छौ ।

२) माओवादी केन्द्रको जम्बो केन्द्रिय सदस्य भयो भनेर बाहिर हिल्ली खिल्ली उडाइएको र बिभिन्न प्रतिक्रिया आइरहेका छन् नी ?
माओबादीमा गञ्जागोल निश्चित रुपमा आएको छ । माओबादीमा मात्र होइन् नेपालको हरेक पार्टी भित्र गञ्जागोल छ । त्यसको एउटा कडीको रुपमा माओबादी भित्र पनि छ ।
हाम्रो पार्टीमा दश बर्षको बिचमा दशौ बिद्रोह र आन्दोलनहरु भएका छन् । तर बिद्रोह भएका र बिद्रोही शक्तिलाइ फेरी एउटै माओवादी केन्द्रमा समायोजन गर्ने बेलामा निश्चित रुपले यहाँ केही सम्झौताहरु, केही भावनाहरु, केही मनोविज्ञानहरु, केही दुखका क्षणहरु, दुखका कुरालाई सम्बोधन गर्नुपर्ने भएकाले यो ठुलो हुन गएको छ । तर यो केद्रिय समिति नभएर महाधिवेशन आयोजक समिति भएकाले ठुलो भनेर हामीले त्यति चिन्ता लिनुपर्ने स्थीति छैन । तर यसलाई कसरी व्यवस्थापन गर्छौ भन्ने कुरा चाँही हाम्रो निम्ती एउटा चुनौती हो ।Mani-Thapa

३ ) केन्द्रिय सदस्य पाइएन, पोलिटब्युरो पाइएन भन्नेर असन्तुष्टी पोखेका पक्षहरुलाई कसरी मिलाउनुहुन्छ त ?
अहिले यो धुव्रिकरणमा असन्तुष्ट मेजर रुपले छैन । तर एउटा ठुलो लहर माओवादी केन्द्र बनिसकेपछी जनता, कार्यकर्ता, सहिद परिवार, शुभचिन्तक, वेपत्ता परिवार, घाइते अपाङ, जनमुक्ति सेना, हिजोको जनमुक्ति सेनामा ठुलै एउटा क्रान्तिकारी आशाबाद यहाँ जागेको छ । तर यहाँ आशाबाद सँगसँगै निराशाबाद पनि भएको हुनाले यी दुवै बादसँगै आउँछन । यहाँ निराशाबाद मुख्य नभइ आशाबाद मुख्य भएकोले त्यो निराशालाई आशाबादले डाइजेष्ट गर्दै जान्छ । त्यसकारण जो जो साथीहरु असन्तुष्ट छन । ती साथीहरुका भावनाहरुमा मलमपट्टी लगाउने काम गरिनुपर्छ । स्वयम यसमा कमरेड प्रचण्डको के भनाइ छ भने सबै खुशी हुने, सबै उत्साह हुने एकताको आधार खोजिनु पर्छ भन्ने स्वय प्रचण्डले भनिरहेको हुनाले त्यो खुशी हुने वातावरण प्रमुख हुनेछ । र, बनेर जानेछ म भन्न चाहन्छु ।

४) माक्सबाद, माओवादको सम्बन्धमा मोहन वैद्य, सिपी गजुरेल जस्ता सिदान्तनिष्ठ ब्यक्तिहरु किन एकिकरण प्रक्रियामा आउन सक्नु भएन । अझै अपुर्णत भयो नी एकता ?
उहाँहरुले अहिलेको बदलिँदो समाज, अहिलेको वदलिँदो विश्व र बदलिँदो नेपाली समाजका युवाहरुका, किसानहरुका, उत्पिडित बर्ग क्षेत्रका बदलिँदा आशालाई बुझन नसकेर उहाँहरु नआउनु भएको हो । उहाँहरु अति सिदान्तनिष्ठ भएकै कारण यहाँ उपस्थित हुन सक्नु भएन । अति सिद्धान्तनिष्ठ पनि जनताको पक्षमा हुदैन भन्ने कुरा उहाँहरुले बुझिसकेपछी मलाई लाग्छ उहाँहरुको जाने अर्को बाटो छैन । अहिलेको परिस्थीतिमा अति सिद्धान्तबाद, समाज विकासको निम्तिी खतराको घण्टी हो भन्ने कुरा जब उहाँहरुले बुझनुहुन्छ । त्यसपछी उहाँहरु यही आन्दोलनमा समाहित हुने अर्को विकल्प देखिएको छैन ।

५) बावुराम भटराई असन्तुष्ट भएर नयाँ शक्ति खोलेर बस्नु भएको छ ? उहाँ अब तपाइको पार्टीमा मिसिने सम्भावना कत्तिको छ ?
जहाँसम्म बावुराम भटराईको प्रश्न छ । उहाँ माक्सबाद, लेलिनबाद र माओवादबाट नै विचल्लीत भएको हुनाले उहाँको बारेमा सोच्न र भन्न धेरै गाह«ो छ । किनकी इतिहासमा यति धेरै जम्प चाँही सायद कुनै नेताले गरेका छैनन । त्यसकारणले बावुरामको जम्पको बारेमा आर्चय प्रकट गर्न सकिन्छ तर राजनीतिमा चाँही सबै सम्भावनाहरु हुन्छन । हामी के भन्न चाहन्छौ भने बावुराम भटराइलाई पनि आहान गर्न चाहन्छौ । त्यहाँ भित्र धेरै क्रािन्तकारी नेता, कार्यकर्ता हुनुहुन्छ उहाँहरुले नयाँ शक्ति निर्माणमा ठुलो भुमिका खेल्नु भयो । उहाँहरु फर्किएर माओवादी केन्द्रमा आउने सम्भावना छ । त्यो निकट भविष्यमा प्रष्ट हुन्छ ।

६.) माओवादी केन्द्रको पोलिटब्युरो, स्थायी समितिसम्म बन्यो । अगामी दिनमा यो पार्टी कसरी अघि बढ्छ ?
आघामी दिनमा यो पार्टीको विशेषगरी संगठनात्मक रुपमा रुपान्तरणको प्रश्न प्रमुख बनेर जान्छ । अहिले यसको संरचना भारी देखिए पनि आगामी दिनमा विस्तारै ठोस हुदै जाने यसको प्रक्रिया छ । महाधिबेशनसम्म जाँदा यो कम्युनिष्ट आन्दोलनको एउटा अग्रदस्ताको रुपमा र जनताको सहयोगी संगठनको रुपमा यसको हामीले संरचना देख्न पाउनेछौ । र, अहिले सबै धारलाई समेटेर जाने परिस्थीतिमा ठुलो आकार समस्या होइन । मुख्य कुरा विचार हो । विचारमा हामी प्रष्ट छौ ।
७) आघामी निर्वाचनबाट पार्टी ठुलो हुने सम्भावना के छ ?
अहिले माओवादी केन्द्र बनिसकेपछी निश्चित रुपले यसको अकारमा बढोत्तरी आएको छ । जनताको सर्मथनमा पनि यसको बढोत्तरी आएको छ । सुभचिन्तक जनताको ठुलो उत्साह छ केही हुन्छ भन्ने । त्यसले चाँही निश्चित बढोत्तरी गर्छ । तर हाम्रो आंकलन के हो भने माओवादी आन्दोलनलाई रुपान्तरण गर्ने प्रश्नमा अलि सैद्धान्तिक छलफल गर्न बाँकी छ । माओवादी आन्दोलन, रुपान्तरण र केन्द्रिकरणको विषयमा छलफल गर्न आवश्यक छ । माओवादी आन्दोलन, रुपान्तरण र केद्रिकरण भइसक्दा माओवादी आन्दोलन, नेपालको राजनीतिक आन्दोलन मुख्य शक्तिको रुपमा आगामी राजनीतिक मञ्चमा यो देखा पर्छ ।
८) संविधानको विषयलाई लिएर मधेशवादी दलहरुको आन्दोलनमा तपाइको पहिलाको क्रान्तिकारी कम्युनिष्ट पार्टीले पनि धेर थोर अडान राखेको हो नी ?
यो संविधान पुर्ण भएको छैन भन्ने हाम्रो भनाइ छ । गणतन्त्र पनि पूर्ण भएको छैन । समानुपातीक समावेशी पनि अधुरै छ । र, धर्मनिरपेक्षताको प्रश्नमा पनि केही अपुणताहरु छन । यही प्रश्न मधेशवादी दलहरुले पनि गरिरहेको परिस्थीति छ । तर मधेशवादी दलहरुको समस्या के छ भने त्यसको नेतृत्व जमिनदार र शोसक बर्गबाट आएको हो । मागहरु सही भएपनि यसको संर्घषको प्रकृति, नेतृत्व वर्ग शोसक बर्ग स्वरुप भएकाले अब हामीले मधेशको मागहरुलाई त्यही जनताको अनुकुलको मागहरुमा रुपान्तरण गर्न चाहन्छौ । त्यसकारणले माओवादी केन्द्रले मधेशी दलहरुको आन्दोलनलाई, मधेशको आन्दोलनलाई जनमुखी आन्दोलनको रुपमा, राष्टबादी आन्दोलनको रुपमा त्यहाँ शोषित पिडित किसानहरुको आन्दोलको रुपमा यसलाई सम्बोधन गर्न चाहन्छ । अहिले भइरहेको मधेशी आन्दोलनहरु ज्ुान छ । यस आन्दोलनको नकारात्मक पक्षलाई भण्डाफोर गर्ने र सकारात्मक पक्षलाई बार्ता सम्बाद मार्फत राष्ट्रिय मुलधारमा ल्याउने यसले प्रयत्न गर्छ ।
९) अन्त्यमा के भन्न चाहनुहुन्छ ?
मेरा विचारहरु राख्ने अवसर दिने तपाइको यस विजनेसपाटी डटकम अनलाइनलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
प्रस्तुती रिसव गौतम

फेसबुकबाट तपाईको प्रतिक्रिया