मध्यराति कमरेडबीच मारमुङ्ग्री

काठमाडौँ १३ अशोज
जनयुद्वताका अरुको घर र पसलमा जाँडका घ्याम्पा फुटाउने र मापसे गर्नेलाई बाँधेर लडाउने कमरेडहरु अचेल आफैं मदिराविना रात बिताउन नसक्ने हालतमा पुगेका छन् । चपक्क पिएर थपक्क निदाए त हुँथ्यो तर नशाको रन्कोमा आफ्नै सहकर्मी भर्कुन तम्सिएपछि भने कस्ता–कस्ता मै हुँ भन्ने कम्युनिष्टको समेत खुट्टी देखेर पत्याउनुपर्ने स्थिति सिर्जना भएको हो । कामरेडका विद्रोही कुराले दुनियाँ थर्कमान त छन्, तर सेन्तेरेम लाएपछि मध्यराति आफ्नै साथी थर्काउन थाल्दा विप्लव माओवादीभित्र महाभारत मच्चिएको छ । पोखरास्थित होटल मुनुको कोठा नं. १०१ मा भदौ ३० गते विप्लव अदिलका नेता बसेको कोठामा चलेको काण्ड हो यो । राति ११ः४० बजे अखिलका केन्द्रीय सदस्य पुष्प न्यौपाने मदिराले मत्थु भएर अर्काको कोठा ताक्न तम्सिए । पुष्प बसेको कोठा नं. थियो ३०४ । तर, १०१ पुगेर ढोकामा लात्ति बजारे । त्यो कोठामा काठमाडौं÷पोखरा विश्वविद्यालय क्षेत्री समन्वय समितिलको संयोजक भरत बल्ल र सचिव हरिश भट्ट बसेका थिए । जनआस्था साप्ताहिकमा खबर छ । पुष्पले आफूभन्दा माथिल्लो स्तरका नेतामाथि गाली बर्साए । उनीहरुले नसुनेजस्तो गरेपछि झण्डै दर्जन लात्ती ढोकामा बजारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया