मध्य मर्स्याङदी रोकेर माथिल्लो मर्स्याङदी किन्ने तयारी

काठमाडौं ९ अशोज
निजी क्षेत्रबाट सञ्चालित माथिल्लो मस्र्याङदी ‘ए’आयोजनाबाट उत्पादित विजुली खरिद नगरे जरिवाना तिर्नुपर्ने भएपछि नेपाल विद्युत प्राधिरणले आफ्नै आयोजना मध्यमस्र्याङ्दीको उत्पादन रोकेर खरिद गर्ने भएको छ । माथिल्लो मस्र्याङदीको विद्युत खेर फाल्दा ८० प्रतिशत जरिवाना तिर्नुपर्ने भएपछि तत्कालका लागि मस्र्याङदी आयोजनाको एक युनिट बन्द गर्ने तयारी भइरहेको प्राधिकरण स्रोतले जनाएको छ । सयममै प्रसारणलाइन नबानाउँदा मस्र्याङदीको विद्युत खेर जाने अवस्था सिर्जना भएको छ । मध्य मस्याङदी तल्लो मस्र्याङदी प्रसारण लाइनको डबल सर्किटको काम सम्पन्न नभइसकेकोले सो लाइनबाट थप प्रसारणको सम्भावना छैन । ‘अहिले वर्षा नसकिएकाले दुवै आयोजनको उत्पादन कम छैन, दुवैबाट उत्पादित विद्युतबाट थप बिजुली जानसक्ने अवस्था नभएकाले बिजुली खेर फाल्नुको विकल्प छैन्,’ प्राधिकरणका एक अधिकारीले भने । आजको कारोबार दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया