मनकामना केबुलकारले गरायो सरकारलाई ध्यानाकर्षण

काठमाण्डौ ४ असार, २०७७
कोरोना भाइरसले पारेको प्रभाब आत्मसाथ गर्दै मनकामना मन्दिर दर्शनका लागि संचालित देश कै पहिलो केबलकार मनकामना केबुलकारले आगामी दिनहरुमा उच्च सुरक्षाका उपायहरु अपनाएर व्यवसायिक क्षेत्रहरु खुल्ला गर्नुपर्नेमा जोड दिएको छ ।
केबुलकारले व्यवसायिक क्षेत्र खुलाउन सरकारसंग आग्रह गर्दै लामो दुरीका यातायातलाई समेत सञ्चालन गर्दै, पर्यटन, धार्मिक क्षेत्र लगायतका सबै क्षेत्र खुल्ला गराउन आग्रह गरेको हो । कोरोना कहरले निम्त्याएको संकट सामना गर्न नागरिकहरु समेत सजग र सचेत भईसकेकाले सुरक्षामा कुनै पनि कसर बाँकी नराखी अबिलम्ब पर्यटन व्यवसायिक क्षेत्र साथै धार्मिक क्षेत्र समेत खुलाउन तर्फ सरकारले चासो दिनुपर्ने जनाएको छ ।
लामो समय देखि यि प्रतिष्ठानहरु बन्द हुँदा समग्र देशको आर्थिक क्षेत्र नै धरासायी हुन पुगेकाले अर्थतन्त्र चलायमान बनाउन पनि अब सतर्कतापुर्वक यस्ता क्षेत्र संचालन हुनुपर्नेमा जोड दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया