मनकामना मन्दिर २८ मंसिरबाट खुला गरिने

काठमाडौं २४, मंसिर २०७७।

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर आगामी आइतबारदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

कोभिड–१९ का कारण विगत नौ महिनादेखि बन्द  रहेको मन्दिर सर्वसाधारणका लागि खुला हुन लागेको हो।

मनकामना क्षेत्र विकास समितिको मंगलबार बसेको वैठकले २८ मंसिरबाट खुला गर्ने निर्णय भएको समितिका कार्यकारी निर्देशक लेबेन्द्र गुरुङले जानकारी दिए।

उनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मन्दिर खुला गरिने उनले जानकारी दिए । मनकामना क्षेत्रलाई पनि संस्कृति महाशाखाले तयार गरेको धार्मिकस्थल सञ्चालनसम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि बनाएर सञ्चालन गर्ने निर्णय भएको उनले बताए।

सोही दिनदेखि केबलकार पनि सञ्चालनमा आउने बताइएको छ । सर्वसाधारणले केबलकारको टिकट इसेवा र खल्तीबाट खरिद गर्न सक्ने भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया