मनाङमा फेला पर्‍याे विश्वकै सबैभन्दा उचाईको नयाँ ताल

काठमाडौं ९  साउन

चामे घर भइ अमेरिकामा बस्दै आएका व्यक्तिले गुगलमा नयाँ ताल देखे। तयो खबर गाउँमा गरे।

ताल भएको स्थान वरपरका याक, चौरी, भेडा गोठालाहरुलाई सोध्दा ताल भएको जानकारी आएपछि चामेबाट गएको स्थलगत भ्रमण समूहले अमेरिकाबाट भनिएको खबरअनुसार नै ताल भएको पुष्टी भएको हो।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेको नेतृत्वमा २४ जनाको समूह ताल पहिचानका लागि साउन ५ गते स्थलगत भ्रमणका लागि गएको थियो।

दुई दिन ताल भ्रमण गरेर फर्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रामबहादुर बाँनियाले बताए।

चामे गाउँपालिका ४ मा ताल फेला परेको हो। भ्रमणमा गएको टोलीले तालको नाम सिङ्गर राखेको छ।

ताल क्षेत्र भौगोलिक हिसावले पनि चुनौतिपूर्ण स्थानमा रहेको टोलीका सदस्यले बताएका छन्।

विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल समुद्री सतहबाट ४९१९ मिटरको उचाइमा छ।

नयाँ पत्ता लागेको ताल भने ५००२ मिटरको उचाईमा छ। यो तालको गहिराई, लम्बाई र चौडाई भने पत्ता लाग्न बाँकी छ।

यो खबर आजको कारोबार दैनिकमा मनाङबाट नेगम परियारले लेखेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया