मन्जुश्री फाइनान्सको हकप्रद आउने
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_422,h_300/https://businesspati.com/wp-content/uploads/2017/03/manju-shree.jpg)
काठमाडौँ २६ मंसिर
मन्जुश्री फाइनान्सले हकप्रद बिक्रिको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आबेदन दिएको छ। फाइनान्सले ५ प्रतिशतका दरले ३ अर्थात् १०० बराबर ५ कित्ता शेयर, ३ करोड ६२ लाख रुपैयाँ बराबरको ३ लाख ६२ हजार १९० कित्ता शेयर बिक्रि गर्न लागेको हो।
फाइनान्सको बिशेष साधारणसभाले ५ प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो। एस क्यापिटल फाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक रहेको छ।
हकप्रद बिक्रि पश्चात फाइनान्सको चुक्ता पुंजी ७६ करोड ५ लाख पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी ७२ करोड ४३ लाख छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८० करोड पुर्याउन फाइनान्सले करिब ४ करोड रुपैयाँ पुंजी थप गर्नुपर्नेछ। फाइनान्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ६६ लाख १३ हजार खुद मुनाफा गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया