मन्त्री पुन तरकारी बजारमा पुग्नेबित्तिकै बन्दगोभी प्रहार

काठमाडौँ २४ असार

केपी ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रका तर्फबाट सहभागी भएका केही मन्त्रीहरु मन्त्रालयमा वसेर जनताका पक्षमा काम नगरेपछि बेपत्ता भएको सार्वजनिक रुपमा नै आलोचना भएपछि आपूर्ति मन्त्री गणेशमान पुनले बजार अनुगमन सुरु गरेका छन् । राजधानीको तरकारी बिक्री वितरण गर्ने कालीमाटी तरकारी बजार र बल्खुस्थित फलफूल बजारमा अनुगमनमा पुगेका मन्त्री र सरकारी कर्मचारीमाथि व्यापारीले बन्दगोभी प्रहार गरेका थिए ।

आजको जनआह्वान साप्ताहिकमा खबर छ–बन्दगोभीले हान्दा मन्त्री पुनको आँखामा झन्डै लागेको उनका एक स्वकीय सचिवले बताए । उता बन्दगोभी प्रहार गर्नेको खोजी गर्न मन्त्री पुनले कर्मचारीलाई आदेश दिएका छन् । कालीमाटी तथा बल्खु बजारमा कुनै पनि परिक्षण नगरिएका ढक तराजु प्रयोग भएका छन् । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका कर्मचारीको लापरवाहीका कारण नक्कली ढक तथा तराजु प्रयोग गरेको भन्दै मन्त्रीकै सामुन्ने व्यापारीले विभगाका कर्मचारीको सातो लिएका थिए । व्यापारीको आक्रमणमा परेका मन्त्रीले आफू जनतालाई स्वस्थ तरकारी तथा फलफूल खुवाउने योजनाअनुसार नै अनुगमनमा आएको बताएका थिए । तर व्यापारीको आक्रमणमा परेपछि मन्त्री पुन अत्तालिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया