मयुरी रिक्साले ल्यायो निजगढ–सिंगौल बासीमा खुशीको बहार

लक्ष्मी पाण्डे

निजगढ, ११ असार
बाराको चारकोसे झाडीको विच र चुरेपहाडको फेदीमा पर्ने सिंगौल पुग्न निजगढबाट ७ किलोमिटर जंगल पार गर्नुपर्छ । ८ हजार बढी जनसंख्या रहेको सिंगौल गाविस हाल निजगढ नगरपालिका १,२,३ मा पर्दछ । यो ठाउं समथल भुभागमाका हिसाबले सुगम भइकन पनि सडक र सवारी साधनका हिसाबमा दुर्गम मानिदै आएको क्षेत्र हो । यहाँका बासिन्दाका लागि घनघोर चारकोसे जंगल छिचोलेर खाधन्न, लत्ताकपडा र कृषि सामग्री खरिद लगायत यावत कामकाजका लागि अन्यत्र धानुपर्ने बाध्यता रहदै आएको छ ।
विहान घरबाट हिडेर बेलुका सहजै घरपुग्ने र एकलै दुक्लै जंगलको बाटो पार गर्ने कुरा यहँका बासिन्दाका लागि चिन्ताको विषय बन्ने गरेको निजगढका पत्रकार गोकुल घोरासाईने बताउनु हुन्छ ।

सडक मर्मतसगै केही बर्ष अघिबाट बिहान बेलुकीका लागी यात्रुबाहक बसचल्न थालेको छ । बस संचालनले मात्रै पनि स्थानियको आधा जोखिम कम भयो । विहान आउने र बेलुका फर्कने बस सेवाले मात्र स्थानियको जनजीवन सहज हुन नसकेको अवस्थामा मयुरी रिक्सा संचालनमा आएपछि सिंगौल बासिमा खुशिको बहार छाएको छ ।

हाल निजगढबाट सिंगौलमात्र ५ वटा मयुरी रिक्सा संचालनमा छन् । दैनिक ३,४ टिप यात्रु ओसारपसार हुने गरेको निजगढ नगरपालिका १ का मयुरी संचालक ओम विकले सुनाउनु भयो । उहाका अनुसार ३ लाख ९४ हजारमा किनेको रिक्साले सिंगौल बासिलाई सेवा र आफुलाई रोजगारी मिलेको छ ।

डेढ घण्टा हिडेर जंगलको बाटो जानु पर्दथ्यो । त्यो पिडा केहि समय यता र्बिसदै गएका छौ, बिहान बेलुका चल्ने बसले मात्रैपनी राहत मिलको अवस्थामा मयुरी रिक्साको संचालनले निकै सजिलो भएको स्थानिय लक्ष्मीमाया बलले बताउनु भयो । सानो काम लिएर आएपनी दिनभरी बस कुर्नु पर्ने बाध्यता रिक्साले हटाउदा निकै खुशिलागेको वहाले सुनाउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया