मलम्ची खानेपानीः पाइपलाइन बिछ्याउने काम ६३ प्रतिशत सम्पन्न

काठमाडौं २५ कात्तिक ।

मेलम्ची खानेपानी आयोजनाको उप आयोजना २ अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल तथा सुधारको काम ६३ प्रतिशत सम्पन्न गरेको छ ।

मेलम्ची खोलाबाट करिब २७ किमि सुरुङ हुँदै ल्याइने पानी राजधानीबासीका घर घरमा पुर्याउन हाल पाइप बिच्छ्याउने काम भइरहेको छ ।

पीआईडीले हालसम्म ४ सय २५ किमि पाइपलाइन विछ्याइ सेको जनाएको आजको कारोबार दैनिकमा समाचार छ ।

यसमध्ये करिब २० किमि फलामे र बाँकी पोलिथिन पाइपलाइन विच्छ्याइएको पीआईडीका प्रवक्ता लीला ढकालले जानकारी दिए । उपत्यकाभित्र ५२ किमि थोक वितरण प्रणालीसहित पानी वितरणका लागि करिब ७ सय किमि पाइपलाईन विस्तार गर्नुपर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया