मलेसियामा प्रहरीको खुलेयाम ज्यादती

असोक केसि, मलेसिया

मलेसियामा कार्यरत विभिन्न देशका नागरिकमाथी मलेसियन प्रहरीले धरपकट गरेर अनाहक दुख दिने गरेको छ । आइतबार यहाँ सबै कामदारको छुट्टी हुने हुदा मलेसियाको राजधानी क्वालालम्पुरमा प्राय कामदार जमघट हुने गर्दैछन।

यस्तो बेला मलेसिया प्रहरी सादा पोसाक र बर्दी मा यत्रा तत्र रहेका हुन्छन र पासपोर्ट चेक गर्ने बहानामा पैसा असुल्ने गर्दैछन । सादा पोसाकका प्रहरी आउछन र पासपोर्ट देखा भन्छन अनि पासपोर्टको फोटोकपी र कम्पनीले दिएको यात्रा अनुमती पत्र (जलान कार्ड मलेसियन भासामा) देखायो अनि प्रहरीको गाडी भित्र बस्न भन्छन र भित्र गोजिमा पैसा खोजी गरिन्छ पैसा दिए छोडिदिन्छन । नत्र प्रहरी कार्यलय लाने गर्दैछन, एक पिडित नेपाली नागरिक बताउछन।

पोसाकमा रहेका प्रहरीलाई अधिकार हुन्छ सङ्कास्पद ब्यतीमाथी चेकिङ गर्नु र सादा पोसाकका प्रहरीले निगरानी मात्र गर्ने हो ।  बिना बर्दी समात्न पाउने अधिकार हुन्न ? कुनै पनि देशमा सादा पोसाकका प्रहरीले निगरानी गर्छ र पोसाकमा रहेको प्रहरी मार्फद पक्राउ गर्छ । मलेसिया को प्रहरी खुलेआम पैसा माग्ने गर्दछ । अन्य देशका नागरिकसग र नदिए प्रहरी कार्यलय लैजाने अनि दुख दिने गरेको हुन्छ । प्रहरी देशको सुरक्षा र आम नागरिकको सुरक्षा गर्नु पर्ने सुरक्षा अङ्ग हो।

झनै अन्य देशका नागरिकलाई प्रहरीले सहयोग र सुरक्षा दिनु पर्ने तर बिडम्बना प्रहरीले नै लुटिदिन्छन बङ्गालादेशका नागरिक गुनासो गर्दछन । साथी भेट्न आएको थिए, प्रहरीले समातेर सबै पैसा लियो अब आफ्नो कोठा कसरी फर्कने निरास मुहारमा दुखेसो पोख्छन उनि। अन्य दुख पीडा या समस्याको उजुरी सुनुवाइ हुनु पर्ने निकाय बाट नै त्रसिद हुने पर्ने अबस्था छ मलेसियामा। अप्ठ्यारो पर्दा नि समस्यालाई लुकाएर राख्नु पर्ने यहाँको बाध्यता छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया