‘महाअभियोग प्रस्ताव प्रमुख तीन दलको नौटङ्की’

महोत्तरी ७ कार्तिक

राष्ट्रिय मधेस समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरत्‌सिंह भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता गराइएको महाअभियोग प्रस्ताव प्रमुख तीन दलको नौटङ्की भएको बताएका छन्।  आइतबार बिहान महोत्तरीको गौशाला आएका अध्यक्ष भण्डारीले पत्रकारसँग कुरा गर्दै प्रमुख आयुक्त कार्कीलाई महाभियोग लगाउने योजना नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको फोहोरी खेल भएको आरोप लगाए।  एक अर्को प्रसङ्गमा अध्यक्ष भण्डारीले संविधान संशोधन नगरी कुनै पनि हालतमा चुनाव हुन नदिइने प्रतिक्रिया दिए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया