महानगरपालिकाले राप्रलाई एकलाख जरिवाना तिराउने

काठमाडौँ, २५ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहको स्वगतार्थ काठमाडौंका विभिन्न स्थानमा सभा र र्याली निकाल्दा सडक अस्तव्यवस्त र फोहोर भएको भन्दै काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । हिजो (आइतबार) राप्रपाले गरेको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीका क्रममा फोहोर भएको भन्दै महानगरले एक लाख जरिवाना गराउने भएको छ ।

महानगरपालिका नगर प्रहरी निरीक्षक लिलाराज गाछा मगरका तर्फबाट एक सूचना जारी गर्दै भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते त्यहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरूबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरू साथै रेलिङ्गमा भौतिक क्षति र जथाभाबी रूपमा फोहोरमैला समेत
गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००र०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया