महाराजगंजमा सानिमा बैंकको ४६ औ शाखा

बिजनेसपाटी २६ असार

काठमाडौँको महाराजगंजमा सानिमा बैंक लिमिटेडले आफ्नो ४६ औ शाखा स्थापना गरेको छ  ।  शुक्रबार  बैंकका ब्य्रान्ड प्रवद्र्धक कलाकारद्वय  मदन कृष्ण श्रेष्ठ  र  हरिवंश आचार्यले शाखाको संयुक्त रुपमा उद्घाटन गरेक हुन् ।

उद्घाटनमा सानिमा बैंकका संचालक डा. सुवर्णदास श्रेष्ठले मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत  भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै महाराजगंज शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

सानिमा बैंकको हाल सातै प्रदेशमा गरी ४६ वटा शाखा तथा ५३ वटा ए.टि.एम. संचालनमा रहेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया