महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबुलकार सेवामा विशेष छुट
काठमाडौँ ०८ चैत्र २०७९-महालक्ष्मी विकास बैंक लिमिटेडले केबुलकार कम्पनिसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ मनकामना मार्ग नक्साल काठमाडौंमा अवस्थित मनकामना दर्शन प्रा. लि. सँग सम्झौता गरेको छ ।सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटार स्थित सञ्चालित केबुलकार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले उक्त केबुलकार सेवामा १०%को आकर्षक छुट प्राप्त गर्ने छन् ।यस किसिमको सहकार्यबाट बैंकका डेविट तथा क्रेडिटकार्ड प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथ साथै डिजिटल युग सँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया