महालक्ष्मी विकास बैंकको ऋणपत्र पुर्ण रुपमा बिक्री

काठमाण्डौ ६ बैशाख २०८० ।

महालक्ष्मी विकास बैंक लिमिटेडले ०७९ साल चैत्र २९ गते देखी निष्काशन खुल्ला गरेको “११% महालक्ष्मी डिवेन्चर –२०८९” तोकिएको समय भित्रै अर्थात बैशाख ४, २०८० भित्रै पूर्ण रुपमा बिक्री भएकोे छ । दश बर्ष अवधि तथा वार्षिक व्याजदर एघार प्रतिशत भएको “११% महालक्ष्मी डिवेन्चर–२०७९” प्रति त्रृmणपत्र एक हजार रुपैँया अंकित मुल्यका दश लाख कित्ताले हुन आउने जम्मा रकम रु. एक अर्ब रुपैंया बराबरको क्रृणपत्रमध्ये साठी प्रतिशत रकम व्यक्तिगत तवरबाट र चालिस प्रतिशत रकम सर्वसाधारण नेपालीहरुको लागि सार्वजनिक निष्काशनबाट बिक्रीका लागि खुल्ला गरिएको थियो ।

इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम ४ लाखकित्ता सम्मको लागिआवेदनदिन सक्ने व्यवस्था गरिएको उक्त ऋणपत्र खरीदका लागि छिटोमा बैशाख ४ गते र ढिलोमा बैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको थियो । यस बैंकको ऋणपत्रतोकिएको छिटो अवधि अर्थात बैशाख ४ गते नै डेढ गुणाले भन्दा बढी खरिद भएको हो । क्रृणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआई सी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको थियो ।

समय अवधि अगावै पूर्ण रुपमा बिक्रिहुन सफल भएकोमा बैंकले सम्पूर्ण संस्थागत तथा व्यक्तिगत लागानिकर्ताहरुलाई हार्दिक आभार तथा धन्यवाद प्रकटगर्नुका साथै ऋणपत्रप्रतिको आकर्षण र बैंक प्रतिको विश्वासका लागि बैंकका प्रमुखकार्यकारी अधिकृत बोधराज देवकोटाले हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया