महालक्ष्मी विकास बैंक कोटेश्वर शाखाको औपचारिक समुद्घाटन

बिजनेसपाटी ३१ भदौ ।
महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं.३२, स्थित कोटेश्वर शाखा कार्यालयको सोमबारका दिन औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्ट ज्यूले दीप प्रज्वलनका साथ गर्नुभएको थियो भने सभापतिको आसन ग्रहण बैंकका सञ्चालक समितिका सदस्य राजेश कुमार रौनियारले गर्नु भएको थियो ।

बैँकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो । वहाँले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गर्नुभयो ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०० वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया