महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा श्रद्धालु भक्तजनको भीड : एकहजार तिर्दा लाइन बस्नु नपर्ने

काडमाडौं १५ फागुन, २०८१ । आज भगवान् शिवजीको विशेष दिन महाशिवरात्री । यस पर्वका अवसरमा पाशुपत क्षेत्रमा निकै भिड बढेको छ । भक्तजनहरुको सुविधालाई मध्यनजर राखेर पशुपति क्षेत्रविकास कोषले चारैतिरबाट लाइनको व्यवस्था गरेको छ भने छोटो समयमै दर्शन गर्न सकिने छ ।
पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीन–तीन र पूर्व र दक्षिण ढोकामा दुईरदुई वटा लाइन रहने जानकारी व्यस्थापन समिति दिएको छ ।अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि पशुपति क्षेत्रविकास कोषले दर्शनका लागि पासको व्यवस्था समेत मिलाएको छ । एक हजार तिरेर पास लिनेहरुले भने लाइनमा बस्नु पर्ने छैन । घन्टौ लाइन बस्न नसक्नेहरुका लागि पासको व्यवस्था मिलाइएको छ । पशुपति क्षेत्र विकास कोषले २ सेकेण्डमा १० जनाले पशुपतिनाथ मन्दिरको दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको दाबी समेत गरेको छ ।भगवान शिवजीको उत्पति रात्रिकालीन समयमा भएकै कारण महाशिवरात्रि नाम रहन गएको धार्मिक मान्यता अनुरुप यो विशेष पर्व आज देशैभरका विभिन्न शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।
विशेष गरेर पशुपति नाथमा आराध्यदेव भगवान् शिवजीको पूजाआराधना गरी यो पर्व मनाइँदै छ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे धर्म प्राप्ति हुने धार्मिक विश्वास छ ।
आज विहानैदेखि देशैभरका शिवमन्दिरहरुमा भिड लागिरहेको छ भने काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, खोटाङको हलेसी महादेव लगायतका मन्दिरहरुमा घुइँचो छ ।
विशेष पुजाका लागि सर्वसाधारण भक्तजनहरुले साँझ ७ बजेदेखि विशेष पूजा गर्न पाउनेछन्। जसमा पहिलो प्रहर ७ बजेदेखि सुरू हुने छ भने दोस्रो प्रहर ९ बजे, तस्रो प्रहर १२ बजे र चौथो प्रहर ३ बजेसम्म समय निर्धारण गरिएको प्रसारप्रसार समितिले जनाएको छ।
विशेष पूजा लागि भने १५ हजार १ सय रुपैयाँ तिरेर मात्र गर्न सकिने व्यवस्था मिलाइएको छ । बिना लाइन १ घण्टामा पूजा विषे पुजा गर्ने सकिन्छ ।
१५ हजारभन्दा बढी रकमको विशेष पूजामा लाखबत्ती बाल्न पाइन्छ भने रुद्राभिषेक, पूरा भोग, हवन, सवा लाख बत्तीद्वारा आरति गर्न पाइन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया