महोत्तरीको बर्दिबासमा गुडविल फाइनान्सको चौधौ शाखा

बिजनेसपाटी १८ पौष ।
गुडविल फाइनान्स लिमिटेडले नयाँ शाखा विस्तार गर्ने क्रममा आफनो चौधौ शाखा महोत्तरीको बर्दिबासमा सञ्चालनमा ल्याएको छ । सो शाखाको आज एक कार्यक्रम बीच बर्दिबास नगरपालिकाको मेयर विदुर कार्की र फाइनान्सका सिइओ सरोज काजी तुलाधरले संयुक्त रुपमा उदघाटन गरे ।


सो शाखाको उदघाटनसँगै गुडविल फाइनान्सले प्रदेश नं २ मा पनि आफनो उपस्थीति जनाएर सेवा विस्तार गरेको छ । गुडविलको हालसम्म पूर्वमा पाँचथरको फिदिम देखि बाँकेको नेपालगञ्जसम्म सेवा प्रदान गरिरहेको छ । यसै आर्थिक बर्ष भित्र प्रदेश ७ को धनगढीमा पनि शाखा स्थापना गरि सेवा विस्तार गर्ने लक्ष्य रहेको फाइनान्सले विज्ञप्ती मार्फत जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया