महोत्सवको प्रचार गर्न कालीगण्डकी नदीको सरसफाइ
काठमाडौँ ९ माघ
पर्वत – पर्वत उद्योग वाणिज्य सङ्घले महोत्सवको प्रचार गर्न कालीगण्डकी नदी सरसफाइ गरेको छ ।महोत्सवका अवसरमा दैनिकजसो ¥याफ्टिङ (जलयात्रा) समेत व्यवस्था गरिएकाले शनिबार पर्वतको खनियाँघाटदेखि नयाँपुलसम्म सरसफाइ गरिएको हो ।जिल्लाका सांसद, राजनीतिक दलका प्रमुख, कार्यालय प्रमुखहरु, उद्योगी, व्यवसायी, पत्रकारलगायतको सहभागितामा कालीगण्डकी नदी सरसफाइ तथा डस्टविन राख्ने काम सम्पन्न भएको पर्वत उद्योग वाणिज्य सङ्घले जनाएको छ ।यही माघ १३ देखि २२ गतेसम्म सञ्चालन हुन लागेको पर्वत महोत्सवको पूर्वसन्ध्यामा शनिबार चारवटा बोटमा ¥याफ्टिङ गरिएको हो ।
पर्वतको नाग्लीवाङस्थित खनियाँघाटदेखि पाङको नयाँ पुलसम्मको झन्डै पाँच किलोमिटर दूरीमा ¥याफ्टिङ गरेर सरसफाइ गरिएको आयोजकले जनाएको छ । लामिछानेका अनुसार चारवटा बोटमा ४५ जनाले ¥याफ्टिङ र सरसफाइमा सहभागिता जनाएका थिए ।
कालीगण्डकी नदीमा असोज पहिलो सातादेखि मङ्सिर दोस्रो साता र फागुन पहिलो सातादेखि जेठको दोस्रो सातासम्म ¥याफ्टिङका लागि सयाँै विदेशी आउने गरेका छन् । पर्वत उद्योग वाणिज्य सङ्घले पर्वतको पर्यटन प्रवद्र्धनको मुख्य केन्द्र नै कालीगण्डकी नदीमा ¥याफ्टिङ भएको भन्दै महोत्सवमा एल्लो स्विसा कम्पनीसँग सम्झौता गरी ¥याफ्टिङको व्यवस्था मिलाएको पर्वत उद्योग वाणिज्य सङ्घका उद्योग उपाध्यक्ष शिव शर्मा पौडेलले जानकारी दिए । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया