माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सङ्ख्या ४ हजार, को को भए प्रदेशको संयोजक ?

काठमाडौं २१ मंसिर

नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सङ्ख्या ४ हजार पुगेको छ । मङ्गलवार बसेको पोलिटव्यूरो बैठकले महाधिवेशन आयोजक समिति सङ्ख्या थप्ने निर्णय गरेको हो । यस अघि आयोजक समितिको सङ्ख्या २५ सय थियो । मङ्गलवारको बैठकले थप १५ सय सदस्य थप गरी समितिको सङ्ख्या ४ हजार पुगेको हो ।

बैठकले केन्द्रीय कार्यालय सदस्य समेत विस्तार गरेको छ । २३ सदस्यीय रहेको केन्द्रीय कार्यालय १० सदस्य थप्दै ३३ सदस्यी बनाउने निर्णय  गरेकोे छ । त्यसैगरी २२५ सदस्यीय पोलिटव्यूरो ३९९ सदस्यीय बनाउने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता भुसालका अनुसार एक नम्बर प्रदेशको संयोजकमा गोपाल किराती तोकिएका छन् । दुई नम्बर प्रदेश संयोजकमा मातृका यादव, तीन नम्बर प्रदेश संयोजकमा हितमान शाक्य र चार नम्बर प्रदेश संयोजकमा देव गुरुङ छन् । यसैगरी ५ नम्बर प्रदेश संयोजकमा वर्षमान पुन, ६ नम्बर प्रदेश संयोजकमा शक्तिबहादुर बस्नेत र ७ नम्बर प्रदेश संयोजकमा लेखराज भट्ट छन् ।

अन्तर्राष्ट्रिय विभागको इञ्चार्जको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई दिइएको छ ।  अन्तर्राष्ट्रिय विभागको संयोजकमा लक्ष्मण पन्त तोकिएका छन् ।   बैठकले मङ्सिर २७ गतेदेखि पुस १० गतेसम्म प्रदेशस्तरीय बैठक गर्ने निर्णय पनि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया