माओवादी केन्द्र गन्जागोल

काठमाडौं २० जेष्ठ –

७५ सदस्यीय सचिवालयमा एमाओवादीका पूर्ववत् ३९, बादल समूहबाट पूर्ववत् १९ जना छन् । त्यस्तै, एमाओवादीको कोटाबाट अमिक शेरचन र श्रवण यादव, एकता प्रक्रियामा सहभागीमध्येबाट मातृका यादव, मणि थापा, जयपुरी घर्ती, गोपाल ठाकुर र तिलक परियार सचिवालयमा थपिएका छन् । बाँकी १० सदस्यमा भने मधेसी, मुस्लिम, महिला, दलित र कर्णालीबाट साझा नेता खोज्ने सहमति छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

२४१ सदस्यीय पोलिटब्युरोमा एमाओवादीबाट १३९, बादल समूहबाट ६५, मातृका यादव समूहबाट आठ, मणि थापा समूहबाट सात, तिलक परियार समूहबाट चारजना छन् । त्यस्तै, अमिक शेरचन, श्रवण यादव, जयपुरी घर्ती पनि एमाओवादीका तर्फबाट थपिएका छन् । बाँकी सदस्य समावेशी बनाउने तयारी छ ।

९९९ सदस्यीय महाधिवेशन आयोजक समितिमा एकतामा प्रक्रियामा सहभागी घटकका लागि सदस्य संख्या भागबन्डा गरिएको छ । एमाओवादीलाई ६ सय, बादल समूहलाई तीन सय र बाँकी ९९ सदस्य मणि थापा, मातृका यादव, नेकपा माओवादी विद्रोहीलगायतका समूहको भागमा छन् । पूर्वकेन्द्रीय सदस्य स्वत: रहने गरी बनाइएको समितिमा एमाओवादी र बादल समूहले मात्र नयाँ सदस्य थपेका छन् । अरू समूहका केन्द्रीय सदस्य स्वत: केन्द्रीय सदस्य हुने व्यवस्था गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया