माओवादी यसकारण कम्युनिष्ट पार्टी होइनः अध्यक्ष ओली
काठमाडौं २८ पुस ।
एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्र कम्युनिष्ट पार्टी नभएकोे आरोप लगाएका छन् । ओलीले माओवादी कम्युनिष्ट पार्टी भए आफू कम्युनिष्ट हुनै नसक्ने तर्क पनि गरे । उनले कम्युनिष्ट पार्टी शिष्ट, समर्पित, देश र जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । उनले माओवादीमा ती कुनै गुण नभएको पनि दावी गरे ।
अध्यक्ष ओलीले बिहीबार साहित्यकार प्रदीप नेपालको ‘आमाको मन’ कृतिको बिमोचन गर्दै माओवादीले देश र जनताको हितमा समर्पित भएर राजनीति नगरेको आरोप लगाएका हुन् । ओलीले राष्ट्रको हित विपरित गएर आफू कसैसँग नझुकेको दावी पनि गरे । अध्यक्ष ओलीले राष्ट्रिय एकता र स्वाभिमानको पक्षमा उभिएकै कारण सरकार छोड्नु परेको पनि बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया