माक्र्स अभिवादन (कविता )
–वैरागी जेठा
माक्र्स अभिवादन तिमीलाई
तिम्रो स्मृति दिवस्मा
सैँपालको हिमालबाट
तिम्रो गोरेटोमा हिँड्दा हिँड्दै
अनेकौँ काँडाहरूले कोरेका छन्
कोरर्दाकोरर्दै
बाटाहरू भूलेको छैन
शहीदका सपनाहरू साकार गर्न
तिम्रा चिठ्ठीहरू पढिरहेछु
आज
रामेश रायन र मञ्जुलहरूका
गीतगाउँदै
तिमीलाई श्रद्धाञ्जली दिइरहेछु
खुशीरामका गैतिबेल्चाले
हरेक टाकुराझैँ उठाइरहेछ
जीवन शर्माका सिमली छायाले
अरुणझैँ बगाइरहेछ
तिम्रा विचारहरूमा
जेवि टुहुरे र स्याम तमोटहरू हुन
तिम्रा पत्रहरू पढिरहेछु
मेरो देशमा
जनसेनाहरू जपिरहेछन्
यहाँ
त्यसैले मलाई
सेन ,चुनु र च्याङबाहरूका
याद आइरहेछ
रामकृष्ण दुवालका सङ्गीतहरू
भन्सारी र मालाकारहरू
सम्झिरहेछु
तिम्रो स्मृति दिवस्मा
मेरो देशमा
कैल्ये फुल्ला
विचारका फूलहरू हाम्रा बगैँचामा
धेरै मानिसहरूले दिइएका
प्रिय वलिदानहरूले
मलाई झकझकाइरहेछ
तिम्रो तिम्रा सम्झनाहरूले
माक्र्स तिमीलाई
अभिवादन !
फेसबुकबाट तपाईको प्रतिक्रिया