माघीलाई समीरको कोसेली ‘वठीनीयाके मन परल नही’

बिजनेसपाटी संवाददाता
अस्ट्रेलिया २४ पौष
अस्ट्रेलियाबाटै नेपाली गीत-संगीतलाई अगाडी बढाइरहेका गायक समीर आचार्यको माघी पर्वको विशेष अवसरमा थारु गीत बठीनी “याके मन परल नही परल मोर स्टाइल यस्नै बडौ” बोलको नयाँ गीत बजारमा आएको छ ।
माघी विशेषत नेपालमा थारु समुदायमा निकै महत्वका साथ मनाइने गरिएको छ ।
अस्ट्रेलियाबाटै नेपाली गीत संगीतमा सशक्त रुपमा प्रस्तुत भएका समीरले यो पटक नेपालकै ख्यातीप्राप्त डान्स ग्रुप भीमफेदी गाइज संगको सहकार्यमा यो थारु गीत बजारमा ल्यायका हुन । यस गीतमा संगीत आशीष अविरलको रहेको छ भने रचना एक नारायण भण्डारीको रहेको छ । तराई परिबेशमै भिडीयो सुटिङ्ग भएको छ । चितवन कावासोती नवलपरासीका थारु गाउहरुमा यसको भिडीयो खिचिएको हो । नेपालको तराइ क्षेत्रमा थारुहरुको विषेशत वसोवास रहेको छ र थारुहरुको माघ महीना निकै विशेष रहदै आएको छ ।
अस्ट्रेलियाबाटै दुनीया बेग्लै छ, तम्लाइ चट्ट सलाम छ देउडा गीत लगायत दर्जनौँ नेपाली गीत गाएका समीरले यसपटक थारु गीत सहित आफुलाई नयाँ दर्शक श्रोताको माझमा उभ्याएका छन । थारुहरुको बसोबासको स्थानसंगै भाषामा पनि विविधता पाइन्छ, त्यसकारण यस गीतमा प्रयोग भएको भाषा कञ्चनपुर दांग नवलपरासी र चीतवनको भाषाबाट मिश्रित रुपमा तयार गरीएको छ । दर्शक-श्रोतालाई नयाँ टेस्ट दिन रुचाउने समिरको यो नयाँ कोसेली अवश्य पनि मन पर्नेछ ।
भिडियो हेर्न यो लिँकमा क्लिक गर्नुहोस्।

फेसबुकबाट तपाईको प्रतिक्रिया