‘माघेझरी’ कवितामा युगकवि सिद्धिचरण श्रेष्ठ


स्वयम्भू शाक्य
माघ महिनाको समय वर्षभरिको तुलनामा अरु ऋतु भन्दा शिशिर ऋतुमा धेरै जाडो हुने याम थियो । माघेझरी भई हिउँ पर्ने र तुषारो जम्ने भएकोले यो यामलाई मान्छेहरूले हिउँद ऋतु पनि भन्ने गर्दथे । यस्तो ठण्डी याममा न्यानोको आशागर्दै मान्छेहरू खुम्चिएर बस्नु यो ऋतुको विशेषता हो । भनिन्छ शिशिर ऋतुमा चन्द्रमाको शक्ति धेरै हुने भएकोले प्रकृतिले आपूm बुढो भएको महशूस गर्दछन् । पातहरू झरेर नाङ्गो निरसयुक्त जीवन बिताउनु रुखहरूको बाध्यता थियो । हरियालीहरू भूईमा सुकेर अर्ध–जीवनमा बाँच्नु आ–आफ्नो विवशता थियो । आखिर माघे झरी न हो, माघे झरीको आयु छोटो हुनु हाम्रो निम्ति कल्याण हुने छ । किनकि यस्तो निरन्तरताले अनिष्ट बाहेक शान्ति पाउन मुस्किल हुन्छ । त्यसैले यो जाडो याममा दिनभरी आकाशमा कुहिरो र बादलले ढाकेर सूर्यलाई निल्न खोज्छन् । टपटप शीत चुहेर बाक्लो हुस्सुले सूर्यको किरणलाई छेकेर घाम छेक्न खोज्छन् । कहिले बादल र कुहिरोलाई चिराचिरा पारेर सूर्यले आफ्नो प्रकाश यो जगत्मा पु¥याएर हाँस्ने गर्छन् । यो लुकामारी खेलमा कहिले सूर्यले जित्छ, कहिले बादलले जित्छ । हामीले यस्तै भन्न सकिन्न तर अधिकांश समय यो शिशिर ऋतुमा बादलले जित्ने गर्छन् ।
मानव जीवनका निम्ति ज्ञान र शीप हासिल गर्नु महत्वपूर्ण कुरो हो । तसर्थ माघ शुक्ल पञ्चमीका दिन स–साना नानीहरूलाई ज्ञानको ज्योति दिन सरस्वती माताको आराधना गरेर विद्या आर्जन गराउनु हाम्रो संस्कार हो । माघे संक्रान्तिमा नयाँ वर्ष मनाएर आफ्नो संस्कृति जोगाउनु किराँत र थारु समुदायको परम्परा हो । चाकुमा तिल मिसाएर लड्डु खानु नेवार समुदायको चलन हो । त्यसैले माघ महिनाको आफ्नै विशेषता छ । आफ्नै पहिचान छ । आफ्नै परम्परा छ । आफ्नै रीतिरिवाज भएकाले ऋतुहरूमा पनि शिशिर ऋतुलाई विशेष पर्वको रूपमा लिने गरिन्छ ।
घाम लाग्नु र नलाग्नु प्रकृतिको नियम हो । कहिले घाम लाग्छ । कहिले ओझेलमा पर्छ । त्यसैले घाम छायाँको जिन्दगी जस्तो यो शिशिर ऋतुमा घाम थोरै छायाँ धेरै लाग्ने गरिन्छ । आज बादल भित्रै घाम हराएको छ । बादलै बादलले घेरेर हुस्सु हुस्सुले बेरेर, तुषारै तुषारोहरू बनेर अनि कुहिरै कुहिरोले भुलाएर आज सूर्यको प्रकाश बादलले निलेको छ । आज यो धरतीमा छायै छायाँ छ । घाम र छायाँको युद्धमा छायाँले घामलाई जितिसकेको छ । बादल–बादलबीच मतभेद भई बिजुली चम्किन थालेको छ । थोपा–थोपामा माघेझरी बनी आज आकाशबाट यो धरतीमा पानी चुहिन थालिसकेको छ ।
हो मान्छेहरू चिसिएर होला घर–घरमा आगो ताप्ने काम शुरु भैसकेको छ । यो ज्यानलाई सञ्चो पार्न मान्छेहरू अनेकौं जुक्ति लगाउन खोज्दैछ । आखिर मान्छे न हो, चिसोबेला जाडो हुनु स्वभाविक हो । न्यानो लुगा लगाएर घरका झ्याल–ढोकाहरू बन्द गरी चिसोबाट छल्ने उपायहरू सोच्दैछन् । त्यसैले हिँड्ने मान्छेहरू पातलो भएर होला आजभोलि शहरहरू शान्त छन् ।
यो कुरो सत्य हो, यो शिशिर ऋतुले बुढाबुढी र बाल–बालिकाहरूलाई मात्र होइन दीन–दुःखीहरूलाई धेरै सताउने गरिन्छ । किनकि यो जीवनको सबैभन्दा गा¥हो समय होे । न निल्न सकिन्छ न ओकल्न सकिन्छ । यो त दीन–दुःखीहरूलाई हात मुख जोड्न गा¥हो भैरहेको बेला एकमुठ्ठी न्यानो कहाँ पाउन सकिन्छ र ? त्यसैले दुःखीको घरमा शिशिर ऋतु एक अभिशाप बनेर के खायो कसरी दिन बित्यो को कसले लेखाजोखा गरेको छ र ? यो त चिन्ताको विषय न हो । तर खै दीन दुःखीहरूको जीवनमा सही मूल्यांकन गर्ने दिन कहिल्यै आउँला ? रक्सी र भातलाई मात्र होइन् जाडोले कठाङ्गिएर मुटु कामिरहेको मान्छेलाई माघे झरीले किन दुःख दिएको होला ? ओट लाग्ने ठाउँ नभएका लाला–बालाहरूलाई ईश्वरले पनि किन नहेरेको होला ? लामो आयु नहोस् भनी माघेझरीलाई प्रार्थना किन गरेको होला ? ज्यानै चिसो भएर प्राण गैसकेको मान्छेलाई किन शिशिर ऋतुले नसोधेको होला ? गरिबको घरमा के खायौ भनी सोध्ने दिन कहिले आउँला ? यो माघे झरीमा प्रकृतिले पनि यति सारो चिसो किन पारेको होला ? त्यसैले मान्छेको जूनीमा घाम मात्र होइन छायाँ पनि हुनु पर्ने रहेछ । न्यानो मात्र होइन् चिसोमा पनि हाँस्न सक्नु पर्ने रहेछ । खाएर मात्र होइन नखाई पनि बाँच्न सक्नु पर्ने रहेछ । माघेझरीमा पनि शरीर भिजाएर मनको दियोमा आगो ताप्न सक्नु पर्ने रहेछ ।
घाम र छायाँ, घाम र छायाँ
घाम लुकेको आज छ छायाँ
चुहिनै आँटियो पानी थोप्ला
माघेझरी यो हो बेला ।
घरमा के के खाए होलान्
जाडो कसरी काटे होलान्
भन्ने चिन्ता विषघर निस्की
पर्दछ विषमय भात र रक्सी ।

यो शिशिर मौसममा जताततै चिसो हावा बगेर होला यो मुटु मर्ला जस्तो भैसकेको छ । आजकल चिसोले मुटुहरूमा हिउँ जमिसकेको छ । बाँच्न कठिन हुने गरि जीवन अप्ठेरोमा परिसकेको छ । त्यसैले होला यो माघ महिनामा फाटेको लुगा लगाउनेहरूका लागि ठूलो दुर्दशा बनेर पर्खालभैंm उभिन खोज्दैछ । न भत्काउन सकिन्छ न चढेर पारी जान सकिन्छ । बाध्यतावश पर्खालभित्र चिसोले चिसिएर बस्नु पर्ने यो माघ महिनामा किन अभैंm माघेझरीले असिना पसिना बनाउन खोज्छ ?
मान्छे टाढा भए पछि घरको याद आउँदो रहेछ । के खायो ? के ग¥यो भनी मनमा थुप्रैं तर्कनाहरू उठ्दो रहेछ । त्यसैले होला हामी जति टाढा भए पनि यो मनले हामीलाई नजिक पार्दो रहेछ । आँखाले नदेखे पनि मनको आँखाले घरको कुराहरू सबै देख्दो रहेछ । विहानदेखि बेलुकीसम्म दिनचर्याहरू आफ्नै आँखामा बस्दो रहेछ । अनौठो छ, यो कस्तो जीवन जहाँ दया र माया छ त्यहाँ आफन्तहरूलाई भोक लाग्दा आपूmले के खुवाऔं भने जस्तो लाग्न थाल्छ । यो कस्तो जीवन जहाँ प्रेम र मोह छ त्यहाँ कसैको दुखाईमा पनि आपूmलाई चोट पर्छ । यो कस्तो जीवन जहाँ आफ्नो मन छ त्यहाँ माघेझरीमा पनि खेतमा काम गर्न रमाइलो लाग्छ । यो कस्तो जीवन जहाँ निःस्वार्थ काम हुन्छ त्यहाँ आपूm मरेर पनि अरुलाई बचाउने कोशिश गर्छन् । त्यसैले यो जीवनभित्र पनि यौटा कहिल्यै नमर्ने जीवन रहेछ । त्यो जीवन पाउँनका लागि हामी माघेझरीभैंm झरझर भई बर्सिन सक्नु पर्ने रहेछ । ओरालोमा पानी बगे जस्तै बग्न सक्नु पर्ने रहेछ । चिसोबेला चिसिएको हावासँगै उड्न सक्नु पर्ने रहेछ । हिउँ पर्दा हिउँसँगै आपूm पनि टाँसिएर बस्न सक्नु पर्ने रहेछ । तब मात्र त्यो जीवन पाउन सकिन्छ । होइन भने त्यो जीवन पाउँन धेरै गा¥हो रहेछ ।
जीवन चाँजोपाँजोमा बितिरहेको छ । त्यही चाँजोपाँजो मिलाउनका लागि म घरबाट धेरै टाढा जहाँ आफन्त कोही छैन त्यहाँ कामका निम्ति भौतारि रहेको छु । थाहा छैन, बाटोमा यति सामलले पुग्छ पुग्दैन । आखिर पुगे नपुगे पनि परदेशमा बाँच्नु छ । मेहनतले खाइ नखाई जोगाएर पैसा मेरो घरमा पठाउनु छ । किनकि मेरो घरमा मैले प्राण छोडेर यो शरीरमात्र लिएर यहाँ आएको हुँ । त्यसैले घरको मधुर याद चुहेर कता कता अनि कहाँ कहाँ थोपा थोपामा झरेर आज सम्झेर बसिरहेको छु । हिजो कस्तो थियो ? आज के भयो ? सबै कुराहरू सम्झेर मनमनैं रोएर यहाँ काम गर्दैछु ।
शायद् मैले घर परिवारमा चाँजोपाँजो मिलाउन सकेको भए आज यो अवस्था आउने थिएन होला ? मैले बाटोमा हिँड्न सामल मात्र जुटाउन सकेको भए आज म यहाँ हुँदैन होला । तसर्थ मलाई यस्तो लाग्न थाल्छ म मात्र बाँचेर के गर्नु ? मेरो परिवार पनि बाँच्नु पर्छ । म मात्र हाँसेर के गर्नु ? मेरो परिवार पनि हाँस्नु पर्छ । मैले मात्र खाएर के गर्नु ? मेरो परिवारले पनि खानु पर्छ । मैले मात्र लाएर के गर्नु ? मेरो परिवारले पनि राम्रो लगाउनु पर्छ । तब मात्र म बाँचेको सार हुनेछ । होइन भने यो जीवन के को निम्ति हो ? आपैm लाऊ आपैm खाऊ मात्र भन्ने हो भने यो जीवन बाँच्नुको अर्थ मर्नु नै जाती हुनेछ । त्यसैले यस्तो माघेझरीको चिसो बेला मेरो परिवारले के खायो होला ? आपूm त टाढा बसेर चाहेर पनि म त के गर्न सक्छु र ?
मेरो मन मस्तिष्कमा परिवार छ । मेरो परिवारको निम्ति मैले जस्तोसुकै दुःख र कष्ट भोग्नु परे पनि मेरो लागि त्यो सुखको क्षण हुनेछ । किनकि म चाहन्छु मेरो परिवारले कहिल्यै पनि दुःख र कष्टहरू भोग्न नपरोस् । एक गाँसको लागि कसैसँग माग्न नपरोस् । बस् यति नै म चाहन्छु । तर मेरो परिवार धनी होस् भन्ने म कहिल्यै पनि चाहन्न । बरु माघेझरीमा मेरो परिवारले दीन दुःखीहरूलाई एक मुठ्ठी न्यानो दिन सकोस् । बाटो हराएकाहरूलाई बाटो देखाई दिन सकोस् । भोक लागेका प्राणीहरूलाई आफ्नो गच्छे अनुसार भोजन दान गर्न सकोस् । प्यास लागेकाहरूलाई कुवा खनेर पानी पिलाउन सकोस् । यही मेरो चाहना छ । त्यसैले मनभरि माया बोकेर आज म भोलिको निम्ति हिँड्दैछु । लालाबालाहरूका लागि माघेझरीमा पनि चिसो नहोस् भनि कामना गर्दैछु । चाँजोपाँजो जे जसरी मिलेको भए, बरु सामल मात्र केही समयको लागि जुटाउन सकेको भए अर्को मेघदूतको रचना पनि हुन्थ्यो होला । तर के गर्नु गुजारा चलाउनका निम्ति अरु सबै कुराहरू त्यागेर मात्र पेटको लागि दिन–रात हिडिरहेछु ।
चिसो चिसो बग्दै हावा
मुटु नै छुन भनि गर्दछ धावा
दूर बसे पनि घरको याद
लहरी लहरी आउँछ आज ।
सामल तामल चाँजोपाँजो
मिल्न सकेको भईदिए त
घरबाट मधुर याद चुहिन्थ्यो

अर्को मेघदूत रचिन्थ्यो ।
यो जीवन जोगाई राख्नका निम्ति खान र लाउन आवश्यक छ । तर बिडम्वना ! हामी किन एकछाक खान र लाउनका लागि नै भौतारि रहेका छौं ? हामी किन गरिब भई यो चोला बिताई रहेका छौं ? अभावै अभावमा यो जीवन बित्नुको अर्थ के होला ? त्यो दिन कहिल्यै आउँला जुन दिन सबैको घर–घरमा सजिलै खान र लाउन पुग्छ होला ? फिर्की नलिई जिन्दगी कहिल्यै बित्ने होला ? मनमा कहिल्यै पीडाहरू हटिने होला ? बाँच्नुको अर्थ हामीले कहिल्यै अनुभूति गर्न पाउने होला ? थाहा छैन, यो समस्या मैले मेरो परिवारमा मात्र समाधान गर्नु पर्ने हो कि राज्यले पनि आफ्नो नागरिकहरूलाई गर्नु पर्ने हो ? त्यस्तो कल्याणकारी राज्य कहिल्यै बन्ला ? कर्तब्य र दायित्वहरू कहिल्यै पूरा गर्ला ? माघेझरीमा न्याय पाउनका निम्ति हाम्रो समाजमा के के सुधार गर्नु पर्ला ? एक पाइला अगाडी बढ्नका लागि दुई पाइला पछाडी सर्ने हो भने हाम्रो समाजले कहिले प्रगति गर्ने होला ? त्यसैले यौटा मान्छे–मान्छे भएर बाँच्नका निम्ति खान र लाउन त पाउनु पर्ने हो ? माघेझरीमा ओट लाग्ने सानो झुपडी भए पनि हुनु पर्ने हो ? तर किनहोला यो जीवनमा बाँच्नका निम्ति नभै नहुने कुराहरू किन नपाएको होला ? त्यस्तो दिन किन फिर्ता नआएको होला ? यहाँ कसले बुझाउन सकिन्छ र ? न बुझ्न खोज्छ न बुझाउन खोज्छ । यहाँ त थुप्रै रंगहरूको होली खेलेर आ–आफ्नो स्वार्थ पूरा गर्नुमा मान्छेहरू व्यस्त देखिन्छ ।
यो माघेझरीमा हामीहरू चिसिएर बाँच्नु छ । आँखाले देखेको आगो तापेर यो शरीरलाई न्यानो मात्र होइन खान लाउनका लागि धेरै दिनहरू खोज्नु छ । बितेका कुराहरू सम्झेर भोलिका निम्ति मैले केही कुराहरू गर्नु छ । त्यसैले मधुर स्मृतिलाई चोपेर मनका बहहरू लेख्ने दिन कहिल्यै आउँला ? दुःख र कष्टले नथिचेको भए हाँसी हाँसी बाँच्ने दिन कहिल्यै आउने होला ? चिसोले सबै ठाउँमा हिउँ जमिरहेको बेला पग्लेर कहिले पानी बग्ने होला ? माघेझरीमा आनन्दले निदाएर सुत्ने दिन कहिले पाउने होला ? त्यसैले यो जीवन माघेझरी जस्तै झरेर मात्र जाने हो भने जिउनुको अर्थ के रह्यो र ? घाम र छायाँ जस्तो नहुने हो भने यो जीवनको परिभाषा कसरी बुझ्न सकिन्छ र ? तसर्थ चाँजोपाँजो मिलाउनु पर्ने यो जीवनमा धेरै कुराहरूको खाँचो छ । हिँड्दा हिँड्दै अगाडी मात्र होइन पछाडी पनि फर्केर नहेर्ने हो भने अगाडीको बाटो भूल्ने छ ।
सबका घरमा खान र लाउन
फिर्की नहुने दिन के फिर्ला
मधुर मधुर स्मृति चोपी चोपी
क्षण काट्ने दिन कहिले होला ।

हामी जतिसुकै अल्छी भएर बसे पनि समयले हामीलाई हिँडाई रहेको हुन्छ । आज र भोलिमैं हामीहरू अल्झिएर यो जीवन बिताई रहेकाछौं । आशै आशमा युगकवि सिद्धिचरण श्रेष्ठले नौ डाँडा पारी धेरै टाढा बसेर आफ्नो घर सम्झिरहेको छ । चुलो बल्यो कि बलेन ? जाडो कसरी काट्दै छ ? घरमा चाँजोपाँजो कसरी मिलाए होला ? सामलहरू कसरी पु¥याए होला ? यस्तै यस्तै मनमा थुप्रै तरङ्गहरू उठेर आज शान्त तलाऊमा असंख्य छालहरू उठिरहेको छ । थाहा छैन, मान्छे धेरै टाढा भए पछि यादहरू किन नजिक भएर बस्दो रहेछ ? खान र लाउन नपुगे पछि मुग्लिम पसेर ज्याला मजदूरी गर्नुपर्ने रहेछ । यो कस्तो जीवन माघेझरीमा पनि चिसो नहुने । झरीले निथुर्क भिजे पनि शरीरलाई थाहा नहुने । मधुर धलपल भएका स्मृतिहरूलाई संगालेर माघेझरीमा हिँड्नु रहेछदूरले नजिक बोलाए पनि कोहिँ कसैलाई टाढा बनाउनु पर्ने ?

फेसबुकबाट तपाईको प्रतिक्रिया