माघ २ गतेबाट एनआईसी एशिया म्यूचुअल फण्डको विक्री खुल्ला
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_800,h_600/https://businesspati.com/wp-content/uploads/2017/06/nic-asia-capital.jpg)
बिजनेसपाटी २९ पौष ।
एनआईसी एशिया क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको एनआईसी एशिया ग्रोथ फण्ड माघ २ गतेदेखि बिक्री खुल्ला हुने भएको छ ।
औषतमा बैंकहरुले दिने निक्षेपको बार्षिक प्रतिफल भन्दा म्यूचुअल फण्डले उच्च प्रतिफल दिने विश्वासले सर्वसाधारणहरुको म्यूचुअल फण्ड प्रति आर्कषण बढदै गहिरहेको छ । एनआईसीको उक्त म्यूचुअल फण्डले औषत बार्षिक १६ प्रतिशतसम्म नगद लाभाँश दिने अपेक्षा एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले बताए । साथै म्यूचुअल फण्डको बार्षिक प्रतिफल पहिलो बर्ष १५.५७ तथा सातौ बर्षमा १६.१३ प्रतिशत दिने लक्ष्य क्यापिटलले लिएको छ ।
लगानीबाट प्राप्त आम्दानीको आधारमा प्रतिफल वितरण गरिने हुँदा यसबाट प्राप्त हुने प्रतिफल उच्च हुनेमा क्यापिटल विश्वस्त रहेको बताइएको छ । साथै यस फण्डले आम्दानीको आधारमा आफ्ना इकाई धनिहरुलाई प्रत्येक बर्ष नगद लाभाँश वितरण गर्नेछ ।
एनआईसी एशिया क्यापिटलले यो योजनाका इकाईहरु यही माघ २ गते मंगलबार देखि बिक्री खुल्ला गर्दैछ । उक्त फण्डको आकार १ अरव रुपैयाको रहेको छ । जसमध्ये सोको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्धक एनआईसी एशिया बैंक लिमिटेडलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुका लागि बिक्री गरिने बताइएको छ । यो योजन छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गते सम्ममा निष्काशन तथा बिक्री खुल्ला हुनेछ ।
यो म्यूचुअल फण्डमा सहभागी हुन चाहने संघसंस्था तथा व्यक्रिहरुले न्यूनतम १०० इकाई देखि अधिकतम् २० लाख इकाईसम्म खरिद गर्नका लागि आवेदन गर्न सकिनेछन । उक्त इकाईहरु नेपाल स्टक एकस्चेन्जमा सूचिकरण गराई धितोपत्रको दोश्रो बजारमा खरिद बिक्री गर्ने व्यवस्था मिलाईने प्रमुख कार्यकारी अधिकृत ढुङ्गेलले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया