माछापुच्छे बैंकको पाल्पा शाखा स्थानान्तरण
बिजनेसपाटी १४ कार्तिक
माछापुच्छ«े बैंक लिमिटेडले सोमबारदेखि संचालनमा आउने गरी भगवती टोल, तानसेन(३ अवस्थित पाल्पा शाखालाई शिल्खानटोल, तानसेन(४ मा स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन पाल्पाका मेयर अशोककुमार शाहीले गरे ।
थप सुविधाजनक स्थानबाट संचालनमा आएको यस शाखाबाट बैकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ ।
रु. ७ अर्व ३७ करोड चुक्ता पुंजी रहेको यस बैकले २०७४ साल असार मसान्तसम्म रु ५८ अर्व ६२ करोड निक्षेप परिचालन गरी रु. ५१ अर्व ८६ करोड कर्जा प्रवाह गरेको छ भने सो अबधिमा रु. १ अर्व ३० करोड खुद मुनाफा गरेको छ ।
यस बैकले दैनिक बैकिङ्ग कारोव।र संचालन गर्न प्रयोग गरेको द्यबलपष्लन क्यातधबचभ, न्यिदगक बिश्वमानै उत्कृष्ट मानिन्छ र यसको माध्यमबाट ग्राहकहरुले अत्याधुनिक सेवा प्राप्त गर्दै आएका छन् ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु , ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७० स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया